तुलसीपुरमा घरको छतबाट खसेका बालकको उपचारकै क्रममा मृत्यु

तुलसीपुर, ५ चैत ।
दाङको तुलसीपुरमा घरको छतबाट खसेर गम्भिर घाइते भएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ छिनबाङ घर भई अहिले तुलसीपुर–९ बेलुवामा रहेको रुद्रबिर डाँगीको घरमा फुपुको छोरी दिदि नाता पर्ने मेनका गिरी गोसाइसंग  कोठा भाडामा बस्दै आएका १० बर्षीय जनक खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घरको छतमा खेल्ने क्रममा सोमबार साँझ साढे ७ बजेको समयमा २ तला माथीबाट खस्दा उनी गम्भिर घाइते भएका थिए । घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएकोमा आज उपचारकै क्रममा उनकाे मृत्यु भएको हो ।


घरको छतबाट खस्दा १० वर्षीय बालक घाइते