ब्यक्तिको जग्गामा तुलसीपुर खानेपानीको ट्याङ्की, ८० लाख दिने सहमति

दीपक बोहरा
दाङ,१५ पुस ।
दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहलगानी अन्तर्गतको बबई लिफ्टिङकोलागि निर्माण थालिएको अन्डरग्राउन्ड ट्याङ्की ब्यक्तीको जग्गामा परेपछि निर्माण कार्य रोकिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित अञ्चल प्रहरी कार्यालयको अगाडी निर्माण गर्न थालिएको ट्याङ्की सोही ठाउँका सुन्दर लामिछानेको जग्गामा परेपछि विवाद थियो ।

सोही जग्गा संग सटेको ऐलानी जग्गामा ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि अमिनले नाप्दा ब्यक्तीको जग्गामा नापिदिएपछि त्यही नै ट्याङ्की निर्माण थालिएको थियो । ट्याङ्की निर्माणकै काम करिब ७५ प्रतिशत पूरा भइसकेको थियो । करिब ४० लाखमा निर्माण हुन लागेको उक्त ट्याङ्की निर्माणका क्रममा २६ लाख भन्दा बढि खर्च भइसकेको    थियो । तर, पछि जग्गा धनीले अमिन ल्याएर नाप्दा आफ्नो जग्गामा परेको थाहा पाएपछि अदालतमा मुद्दा हालेका थिए । त्यसपछि काम अघि बढ्न सकेको थिएन ।

सोमबार तुलसीपुरमा उक्त ट्याङकी निर्माण जग्गा खरिद सम्बन्धि सार्वजनिक सुनुवाई गरि लामिछानेको जग्गालाई ८० लाख दिने गरि सहमति भएको छ । सोही मूल्यमा लामिछानेले खानेपानीलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने गरि सहमति भएको हो ।

यस अघि लामिछानेले सोही जग्गालाई डेढ करोड भन्दै आएका थिए । त्यसपछि एक करोडमा पनि छलफल भएको थियो । अन्तमा ८० लाखमा दिने गरि सहमति भएको थियो । “जग्गाको मूल्य त डेढ करोड भन्दा बढि छ, खानेपानीलाई भनेर ८० लाखमा दिने सहमति दिएको छु”, जग्गाधनी लामिछानेले भने“अब यसलाई छिटो प्रक्रिया पु¥याएर पैसा दिनु प¥यो ।


” उक्त ट्याङकी बबईबाट लिफ्टिङ गरेर ल्याईने पानीको मुख्य ट्याङ्की हो । सोही ट्याङ्की र एयरपोर्ट स्थित निर्माण भएको ट्याङ्कीबाट अन्य सहायक ट्याङ्कीमा पानी वितरण गरिनेछ । यसरी मुख्य ट्याङ्कीकै काम अलपत्र रहेपछि यो समस्या समाधान गरेर तत्काल काम अघि बढाउने तयारी रहेको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार धेरै छलफल पछि ८० लाखमा जग्गा किन्ने गरि सहमति भएको हो । सरकारी जग्गा भनेर उपमहानगरपालिकाकै अमिनले भनेपछि सोही ठाउँमै ट्याङ्की बनाएको उनको भनाई छ ।

८० लाखमै किन्ने सहमति भइसकेकाले अब यसलाई खानेपानीले निर्णय गरेर प्रक्रिया अघि बढाउने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए । निर्णय पछि सोही जग्गा बराबरको रकम जग्गाधनीलाई उपलब्ध गराएपछि ट्याङकी निर्माणको काम अघि बढ्ने उनको भनाई छ ।

त्यही ट्याङ्की निर्माण रोकिएकै कारण सहलगानीको काम प्रभावित भएको छ । अन्य काम करिब ८० प्रतिशत पूरा भइसकेपनि सोही ट्याङ्की कै विवादले गर्दा काम रोकिएको छ । अब सहलगानीको ठेक्काको म्याद सकिन पनि ५ महिना जति मात्रै छ । त्यो बीचमा काम सक्ने गरि प्रक्रिया अगाडी बढाउने अध्यक्ष भण्डारीले बताए । सोही ट्याङ्की निर्माणको काम अघि बढ्मा तोकिएकै समयमा काम पूरा हुने समेत उनले बताए ।

मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्याङ्की निर्माण भइसकका छन् । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँया लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।