युवा संघ दाङको अध्यक्षमा गिरी

तुलसीपुर
२५पुस / एकीकृत समाजवादी निकट युवा संघ दाङको अध्यक्षमा हरिश गिरीलाई चयन गरिएको छ । आइतबार तुलसीपुरमा भएको भएको संगठनको प्रथम भेलाले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

गिरी तुलसीपुरमा युवा ब्यबसायी हुन्, भने राजनीतिक रुपमा पनि सक्रिय युवा हुन । मिडिया क्षेत्रमा पनि उनको उत्तिकै सक्रियता छ । उनले राजनीतिलाई सामाज रुपान्तरणको कडीका रुपमा लिएका छन् । राजनीतिल खिचातानी भन्दा पनि समाज रुपान्तरणको कडीका रुपमा लिनुपर्ने उनको भनाई छ ।


भेलाले ७७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा महेश नेपाली, जीतबहादुर ओली, मेकश परियार, विमला विक साजिदा मियार अरुण मगरलाई चयन गरिएको छ ।

त्यस्तै सचिब संगठनको बैठकबाट टुंगो लगाईने भएको छ । त्यस्तै सहसचिबमा आनन्द बुढाथोकी र जावेद अख्तरलाइ चयन गरिएको छ । भेलाले कोषाध्यक्षमा शिशिर पुनलाई चयन गरिएको छ ।