सडक र बिजुली बत्ती पहिलो प्राथमिकतामा बस्नेत

निराश पान्डे
शान्तिनगर, २२ बैशाख ।

नेपाली कांग्रेस शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार युबा नेता प्रमोद बस्नेत ले आफुले चुनाव जिते पछि यस ठाउँमा सडक र बिजुलि बत्ती लाई पहिलो प्राथमिकतामा राख्ने मतदाता समक्ष प्रतिबद्धता ब्यक्त गरेका छन। नेपाली कांग्रेसको घर दैलो कार्यक्रम अन्तर्गत आज शान्तिनगर वडा नम्बर तिनको बिकट बस्ती बस्तिखोला र बाघखोरमा घर दैलो समाप्ति पछि कोणसभा लाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।


Open photo

साथै अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले आउदो तीस गते स्थानीय तहको निर्वाचनमा सातै रुखमा छाप हानी कांग्रेस उम्मेदवार लाई बिजयी बनाउन मतदाता समक्ष आग्रह समेत गरेका छन। कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार प्रेमा बुढाथोकी के सि, वडा नम्बर तिनका अध्यक्ष पदका उम्मेदवार मीन बहादुर के सि, लगाएतले जनचाहना अनुसार आफू हरुले काम गर्ने भएकोले आफू हरु लाई बिजयी बनाउन अनुरोध गरेका छन। तेसै गरि आजनै वडा नम्बर सात्त को विभिन्न स्थान हरुमा अध्यक्ष पदका उम्मेदवार बस्नेतले मतदाता समक्ष भेट घाट गरेका छन।