रेडक्रसको जुनियर युबा रेडक्रस अभिमुखिकरण कार्यक्रम

तुलसीपुर,१३ पुस ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युबा रेड क्रस जिल्ला समिति दाङको आयोजनमा जिल्लामा कृयासिल शिक्षक नायकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार बार्ह्कुने दह घोराहिमा सम्पन्न भएको छ।

जुनियर युवा समिती दाङका सम्योजक भिम लाल मरासिनिको सभापतित्व तथा दाङ रेडक्रसका सभापति मदन गौतम को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ जिल्लाका ५१ बिधालयका शिक्षक नायक हरुको सहभागिता रहेको थियो ।


कार्यक्रम मा जनस्वास्थ निरीक्षक बिमल केसिले दैनिक जीवन शैली आहार बिहार तथा सुरक्षित र सुखी र खुसी जीवन कसरी जिउने भन्ने बारेमा सहजिकरन गर्नु भएको थियो ।

दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीबन्दले ब्यक्तित्व तथा नेतृत्व बिकाश सम्बन्धी र प्राबिधिक सहायक ठाकुर पौडेल ले रक्तदानको महत्व तथा एसका सबल पक्षका बारेमा जानकारी दिएका थिए ।