वडा नं. ६ मा गठबन्धनदलको घरदैलो : आजसम्म शासन गरे, तपाइहरु विकास गर्नुहोस्

तुलसीपुर,१९ बैशाख ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनआवश्यकताका आधारमा काम गर्ने पार्टीका उममेदवारलाई मत दिएर बिजयी बनाउने मतदाताहरुले बताएका छन् । हालसम्म कुनैपनि जनप्रतिनिधीले जनताको भावना भन्दा बाहिर रहेर राजीनितक आस्था र व्यक्तिगत स्वार्थका आधारमा विकासका कामहरु गरेको भन्दै उनीहरुले जनभावना बुुझेर काम गर्नसक्ने उममेद्वारहरुलाई अबको निर्वाचनमा मतदान गर्ने बताए । सोमबार नेपाली काँग्रेस सहितको गठवन्धन दलको वडा नं. ६मा गरेको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा वडा नं. ६का वडावासीहरुले यस्तो बताएका हुन् ।हालसम्म विकासका नाममा जनतामाथी शासनमात्रै गरिएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धन दलका उममे्दवारहरुलाई मत दिएर बिजयी बनाउने आश्वास दिएका छन् ।

सोमबार वडा नं. ६को राजापूर,मोतिपूर,कपडादेवि र मदननगर लगायतका विभिन्न स्थानमा गरिएको घरदैलो अभियानमा स्थानीयहरुले सडक,नाला,खानेपानीको पहुँच प’न नसकेको बताउँदै उनीहरुले अवको आवश्यकता गठबन्धनदलको रहेको बताए । ‘आजको दिनसम्म विकासका नाममा जनतामाथी शासन मात्रै भयो, उनीहरुले भने–‘तपाइहरुले जनताको आवश्यकताका आधारमा विकास निर्माणका योजनाहरु ल्याउनुुस् र सोही अनुसारको काम गर्नुस् तपाईलाई जिताउने हामी जनता छौँ ।’


आसन्न स्थानीय तहको निर्वाचनका लागि गठवन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा गेहेन्द्र गिरी, उपमेयर पदमा जोगबहादुर राना र वडा नं. ६ को वडा अध्यक्ष पदको उममेद्वार लोकराज डाँगी रहेका छन् ।

घरदैलो अभियानका क्रममा मतदाताहरुले सम्वृद्ध, भ्रष्टाचाररहित र सुशासनयुक्त नगर निर्माणका लागि गठबन्धदलको आवश्यकता रहेको समेत बताएका छन् । वडा नं. ६ले चुनावी घरलदैलो कार्यक्रम अन्र्तगत मंगलबार गाइडहर क्षेत्रमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।