
तुलसीपुर,०५ पौष ।
तुलसीपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने भएको छ । महोत्सवमा आज रामजी खाँण सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवको मुल आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवमा आज चर्चित गायिका भुमिका गिरी, गायिका रचना चौधरी , गायक राजमान खत्री, र सोनी डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुकोे प्रस्तुती रहने भएको छ । महोत्सव पुष १९ गतेसम्म संचालन हुने छ ।



लाइभदाङ । ५ पुष २०८२, शनिबार ०८:०५ बजे