लुम्बिनीका सांसदले खाए शफत

दाङ,१७ पुस ।
लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शफत ग्रहण गरेका छन् । आईतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यहरुले शफत लिएका हुन् ।

प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शफत ग्रहण गराएका हुन् । लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुखले नै शफत ग्रहण गराउने गरेका छन् । प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शफत ग्रहण गराउने र जेष्ठ सदस्यले अन्य सदस्यलाई शफत ग्रहण गराउने चलन छ । तर, लुम्बिनीमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै शफत ग्रहण गराउने गरिएको छ ।


लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना रहेका छन् । त्यस्तै जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

साथै प्रदेशसभाको पहिलो अधिवेशन सोमबार दिउसो १ बजे बस्ने छ ।