वंगुर व्यवसायी दाङको अध्यक्षमा तुलसीकुमार पुन

अनील अधिकारी
दाङ, २ बैशाख ।
वंगुर व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति दाङको दोस्रो सम्मेलनबाट अध्यक्षमा यूवा व्यवसायी तुलसीकुमार पुन सर्वसम्मत चयन भएका छन । २०८१ चैत्र ३० गते घोराहीमा भेला भएका वंगुर व्यवसायी हरूले पुनलाई सर्वसम्मत चयन गरेको हुन ।

सफा, ताजा र स्वास्थ्यको लागी वंगुरको मासुनै रोजौ भन्ने नाराका साथ भएको अधिवेशनले सक्षम नेतृत्व चयन गरेको वंगुर व्यवसायी संघ नेपाल दाङका सल्लाहकार यूवा व्यवसायी टोप बहादुर बुढाथोकी बताउछन ।

व्यवसायीक रुपमा वंगुर पालन‌ व्यवसायीलाई टेवा दिने उदेश्यका साथ वंगुर व्यवसायी संघ नेपाल जिल्ला कार्य समिति गठन गर्नु परेको वाध्यता आफुहरुलाई महसूस भएकै कारण‌ दाङ जिल्लामा रहनु भएका सवै व्यवसायी साथीहरुलाई संगठित गर्दै आफुहरु एकिकृत भएको नवनिर्वाचित अध्यक्ष पुनले बताए । राज्यले प्रदान गर्ने सेवासुविधा लिन पहल गर्दै सहज रुपमा सफा ,ताजा मासु उपभोक्ताका घर भान्सामा पुर्याउने लक्ष्यका साथ आफुहरु एकिकृत भएको अध्यक्ष पुनको भनाई थियो ।


दाङ जिल्ला भित्र छरीएर रहेका वंगुर व्यवसायी साथीहरुलाई संगठित गर्दै व्यवसायीक हकहितका पक्षमा वकालत गर्दै व्यवसायी साथीहरुका हरेक सुख दुःखमा वंगुर व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति दाङ‌ रहेको सल्लाहकार वुढाथोकीको भनाई थियो।

हालै सम्पन्न भेलाले १३ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको छ। अध्यक्षमा तुलसीकुमार पुन, उपाध्यक्षमा हेमलाल सार्की,रोहन चौधरी, सचिवमा कमल विश्वकर्मा र सल्लाहकारमा टोपवहादुर वुढाथोकी रहेका छन ।