
तुलसीपुर, २० मंसिर । दाङमा ‘जेन–जी’ आन्दोलनपछि बदलिँदो चेतना विषयक छलफल भएको छ ।
त्यस अवसरमा आन्दोलनबाट प्राप्त राजनीतिक चेतनालाई संस्थागत गर्न नागरिक र वैकल्पिक शक्ति दुवैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताएका छन् ।
जेन–जी अगुवा रक्षा वमले आन्दोलनको म्यान्डेट पूरा गराउने जिम्मा प्रत्येक नागरिकमा भएको बताइन ।
त्यस्तै रास्वपाका नेता विशाल अधिकारीले जेन–जी का एजेन्डा सम्बोधन गर्न वैकल्पिक शक्तिहरू ध्रुवीकृत हुनुपर्ने बताए ।
यस्तै इन्जिनियर सागर ढकालले ७५ वर्षको लोकतन्त्रमा देखिएको प्रणालीगत समस्या हल गर्न र जनताको भरोसा जित्नका लागि वैकल्पिक शक्तिहरूले भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डा, ‘आइ–भोटिङ’ जस्ता डिजिटल सुधार, र योग्यतामा आधारित नेतृत्वको मोडल अघि सार्नुपर्ने सुझाव दिएका छन् ।



लाइभदाङ । २२ मंसिर २०८२, आईतवार ०९:०२ बजे