खोलाको किनारमा शौचालय गएका विक वेपत्ता

दाङ,२८ साउन ।
खोलाको किनारामा शौचालय गएका दाङ घोराही उपमहानगरपालिका वडा नं. ११ झमरेका तिलकराम विकलाई खोलाले बगाउँदा विपेत्ता भएका छन् । ६४ बर्षीय विक आईतबार विहान साढे ८ बजेतिर पत्रे खोलाको किनारामा शौचालय गएका थिए ।

सधै खोलाको किनारमा शौचालय गर्ने गरेका विक आज भने नफर्के पछि खोजी कार्य भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजकुमार गौतमका अनुसार उनको छाता, चश्मा र लठ्ठी भने खोलाको किनारामा भेटिएको छ ।


उनको खोजी कार्यकालागि १७ जना प्रहरीको टोली परिचालन गरिएको छ ।