
तुलसीपुर, १२ मंसीर ।
सल्यानमा शैक्षिक भ्रमणमा जाँदै गरेको जीप पल्टिदा १० जना घाइते भएका छन् । जसमध्ये गम्भिर घाइते सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ निवासी ३८ वर्षका टोपेन्द्र केसी ३७ वर्षकी ललिता डिसीलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
गोब्राही प्राथामिक विद्यालय बिरमखोलाबाट कुपिण्डे ताल अवलोकनका लागि जाँदै गरेको रा.१ज ८७१ नम्बरको जिप दिउसो १ बजे बनगाड कुपिण्डे नगरपालिका– ८ आगानेटा नजिकै पल्टिएको थियो ।
जीप अनियन्त्रीत भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पूर्ण केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेर घाइते भएका बनगाड कुपिण्डे नगरपालिका – १२ निवासी ३५ की गोमा कुमारी केसी, ४ वर्षका दिपेद्र थापा, ३५ वर्षका कृष्णा वली, ५ वर्षका गौरब वली, २५ वर्षका तेज बहादुर डाँगी, ४२ वर्षका निर्मला घर्ती, ३७ वर्षका ललिता डिसी र दैलेख ढुङगेश्रवर गाउँपालिका ५ बस्ने वर्ष २८ का देव प्रसाद गौतम उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । १३ मंसिर २०८२, शुक्रबार १९:३२ बजे