पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकियो, द्वन्दपिडित भेला

प्रकाश चौधरी
दाङ, ५ भदौ । सशस्त्र द्धन्दको क्रममा भएका पिडित परिवारहरुको लुम्बिनी प्रदेश स्तरिय भेला दाङको लमहीमा सम्पन्न भएको छ । भेलाले “भुईतहका पीडितहरुको आवाज : पीडित केन्द्रित संक्रमणकालिन न्याय ” को लागि पाँच बुँदे लमही घोषणा पत्र जारी गरेको हो ।
द्धन्दपीडित अगुवाहरुको लुम्बिनी प्रदेश स्तरिय भेलाद्धारा जारी घोषणा पत्रमा टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्धन्द पीडितहरुको सहभागिता, अनिवार्य हुनुपर्नेमा जोड दिनुपर्ने घोषणा पत्रमा भनिएको छ “संघिय संसदको दवै सदनवाट पारित भईसकेपछि यस ऐनलाई तत्काल कार्यान्वयनको प्रक्रियामा लगिनुपर्छ ।”

यसैगरी घोषणा पत्रमा अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने, कोष व्यवस्थापन र संचालनमा पीडितहरुको निणायक सहभागिता र पीडित केन्द्रित विधि आवश्यक ठान्नुपर्ने, परिपुरणको सवालमा भुँई तहका अति विपन्न तथा सिमान्तकृत पीडितहरुका दैनिक गुजारा, शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमुलक तालिम लगायतका कार्यत्रमलाई जोड दिदै व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक तथा भौगोलिक अवस्थालाई विशेष ख्याल गर्नुपर्ने, सामुहिक र सामुदायिक परिपुरणको नीति तर्जुमा गर्दा सिंगो समुदाय पीडित भएका क्षेत्रहरुलाई विशेष पीडित क्षेत्र घोषणा गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

उक्त भेलामा अतिथिको आसनवाट बोल्दै गम्भिर मानव अधिकार उलङघनका पीडतहरुको राष्ट्रिय सञ्जालका प्रतिनिधि डा. रामकुमार भण्डारीले शान्ति सम्झौता भएको करिव १८ बर्ष पछि ल्याएको विधेयक र ऐन कार्यान्वयनको विषयमा प्रकाश पार्नुभएको थियो । शान्ति सम्झौता अनुसार अहिले सरकारले ल्याएको विधेयक पारित भई पीडितलाई सत्य न्याय र परिपुरणको सवालमा पीडित केन्द्रित भएर सरकार लाग्नुपर्ने र पीडितहरुले न्यायको लागि खवरदारी गर्नुपर्ने बताउनुभयो ।


यसैगरी सञ्जालका प्रतिनिधि भागिराम चौधरीले सरकारले ल्याएको टिआरसी विधेयकको स्वागत गर्दै छिटो भन्दा छिटो कार्यान्वयनको प्रक्रियामा सरकार अघि बढ्नुपर्ने धारणा राख्नुभयो । यसैगरी भेलामा बोल्ने बक्ताहरुले सरकारले ल्याएको विधेयकको स्वागत गर्दै पीडितको आवश्यकतालाई ध्यान दिएर जानुपर्ने बताएका थिए । द्धन्दपीडित संजाल दाङका अध्यक्ष प्रकाश चौधरी, रोल्पाका प्रतिनिधि श्रीकुमारी रोका, बर्दियाका द्धन्दपीडित सुभद्रा चौधरी, योजना चौधरी, प्युठानका कृष्ण घिमिरे, लमही नगरपालिकाका द्धन्दपीडित बसन्तराज शर्मा, रुपन्देहीका सञ्जय कुमार गुप्ता लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

लुम्बिनी प्रदेश स्तरिय संयोजन समिति गठन
यसैगरी उक्त भेलाले रुपन्देहीका सञ्जय कुमार गुप्ताको संयोजकत्वमा २७ सदस्यीय लुम्बिनी प्रदेश स्तरिय संयोजन समिति गठन गरेको छ । सरकारलाई सहयोग गर्नको लागि बनाइएको समितिमा प्रदेशका १२ वटै जिल्लावाट प्रतिनिधित्व हुने गरी सहभागिता गराइएको छ ।
२ सदस्य पछि थप्ने गरी बनाइएको समितिका सदस्यहरुमा देविसरा खत्री, लक्ष्मी खड्का, निर्मला थापा, कृष्ण घिमिरे, सिता जिसी, हेमनाथ पोख्रेल, प्रकाश चौधरी, उषा सुवेदी, देव वहादुर डीसी, रणसुर बुढा, भद्री थापा, थम्मन पुन, धनकुमारी थारु, मुन्ना खाँ रहेका छन् । यसैगरी समितिका अन्य सदस्यहरुमा तिलक महत, विशाल खड्का, हेमन्त वेल्वासे, कविता विक, देउकला घर्ती, श्रीकुमारी रोका, टिका राना मगर, प्रकाश भट्टराई आदि रहेका छन् ।