दंगीशरणमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

दंगीशरण ९ मंसिर ।
दंगीशरण गाउँपालिका महिला बाल बालिका तथा सामाजिक विकास साखाको आयोजनामा ‘प्रविधिको सहि प्रयोग गरौ,लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने उदेश्यका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको विविध कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक उद्घाटन गरीएकोहो । मङ्गलवार नोभेम्बर २५ बाट शुरुभएको अभियानको पहिलो दिन वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी ,महिला अधिकारकर्मी सहितको टोलिले विभिन्न नारा लेखीएका प्ले ब्यानर सहित ¥याली समेत निकालेका थिए ।


¥यालिमा सहभागिहरुले बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी,घर शान्ति बिश्व शान्तिको अधिकार,गाउँभरी हल्लाछ, २० बर्ष पुगेपछि विहे गर्ने सल्लाह छ, लैङ्गिक हिंसा अन्त्य गरौं सभ्य समाजको निर्माण गरौं, सवैको घरमा शान्ति समृद्धिःदेशमा आर्थिक उन्नति लगायत लेखीएका प्ले कार्ड सहित हेकुलि चोकमा पुगि पुनः गाउँपालिकामा कोणसभामा परीणत भएकोथियो । १६ दिनसम्म चल्ने अभियानमा हरेक दिन फरक–फरक कार्यक्रमहरुसहित अभियानलाई भब्यरुपमा मनाइने गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले जानकारी दिनुभयो ।