पीडित किसानलाई राहत दिन काँग्रेस तुलसीपुरको माग

तुलसीपुर
५ कात्तिक / नेपाली काँग्रेस तुलसीपुरले पीडित किसानलाई राहत दिन सरकारसंग माग गरेको छ ।

नगरसभापति सुरेश हमालले शुक्रबार एक विज्ञप्ति जारी गरि नियमितको बर्षादले गर्दा भित्र्याउन लागेको किसानको धानमा निकै क्षति पुगेको भन्दै त्यसमा स्थानीय,प्रदेश र केन्द्र सरकारले गम्भीरकासाथ लिनुपर्ने बताएका छन् ।


‘असारका दुःख विर्सिएर मंसिरमा रमाउने उनीहरुका सारा खुसीहरु मेटिएका छन्’ विज्ञप्तिमा भनिएको छ‘ जीर्ण तन र विदिर्ण मन लिएर झिनो आशाको दियो बालेर बाँच्न विवस कृषकहरुको घर–बास, खेत–गोठ टहरा आदि भौतिक संरचना तथा धानबालिमा पु¥याएको क्षतिको सत्यतथ्य विवरण संकलन गरि पीडितलाई यथासीघ्र समुचित क्षतिपूर्ति तथा राहतको व्यबस्था गरिदिनुहुन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार समक्ष तुलसीपुर नगर कार्यसमितिको तर्फबाट जोडदार माग गर्दछौं ।’