दंगीशरणको वातावरण ब्यवस्थापनका अभ्यासहरुको अवस्था अध्ययन प्रतिवेदन २०७८ सार्वजनीक

दिपतीशिखा चौधरी,

दंगीशरण, ७ चैत ।
यू.एस.ए.आइ.डि.साझेदारी संघियता सहयोग कार्यक्रमको सहयोग रुपान्तरण मार्फत दंगीशरण गाउँपालिकाको वातावरण ब्यवस्थापनका अभ्यासहरुको अवस्था अध्ययन प्रतिवेदन २०७८ सार्वजनीक गरिएको छ । आज एक कार्यक्रमका बिच प्रतिवेदन सार्वजनीक तथा यसका नतिजाहरु बारे समिक्षा तथा वातावरण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम दंगीशरण गाउँपालिका सभा हलमा सम्पन्न भएको हो । रुपानतरण कार्यक्रम निर्देशक शंकर पौडेलले गाउँपालिका अध्यक्ष भागिराम चौधरीलाई हस्ताणतरण गर्दै सो प्रतिवेदन सार्वजनीक गर्नुभएको हो ।
कार्यक्रममा रुपान्तरणका सुदिप आचार्यले दंगीशरण गाउँपालिकामा वातावरण सम्बन्धि मुख्य कानुनहरु वातावरण र प्राकृतीक स्रोत सरंक्षण ऐन २०७६, वातावरणिय परिक्षण कार्यविधि २०७७, विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन २०७५, विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ निर्माण भएको भन्दै वातावरणिय प्रावधानहरुको कार्यान्वयनको अवस्था र केहि राम्रा अभ्यासहरु जस्तै वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन। सवपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, विपद पूर्वतयारी तथा प्रतिकार्य योजना जस्ता नितीगत ब्यवस्थाहरु अनुमोदन भई कार्यान्वयनको चरणमा रहेको, राजश्व संकलन भएको, समुदाय स्तरमा वातावरणिय अभिमुखिकरण सुरु भएको , नदिजन्य पदार्थ उत्खखन हुने क्षेत्र परीपरीका समुदायलाई सम्भावित वातावरणिय असर सम्बन्धमा सचेत गराउँन थालीएको जस्ता राम्रा कार्य भएको बताउनुभयो ।
सो प्रतिवेदनमा दंगीशरण गाउँपालिकाको संस्थापगत क्षमता मुल्यमंकनको कुल अंक ६८.२५ प्रतिशत रहेको र वातावरण संरक्षण र विपद् व्यवस्थापनमा ५० प्रतिशत स्कोर छ । यस्तै स्थानीय तहले आईईई प्रतिवेदन तयार गरेको, वातावरण तथा विपद् ब्यवस्थापन सम्बन्धि कार्यहरु तयार गरेको, विपद् ब्यवस्थापन योजना तयार गरेको, आपतकालीन केन्द्र संचालन गर्ने निर्णय गरेको, वातावरण क्षेत्रमा वजेट विनियोजन गरेको,सरोकारवालाका रुपमा टोल विकास समितीलाई समावेश गर्ने जस्ता कार्य गरेको प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रतिवेदनमा दंगीशरण गाउँपालिकामा वातावरणिय प्रावधानहरु तर्जुमा र कार्यान्वयन गर्न ऐन तथा कार्यविधिहरु तर्जुमा गर्दा कानुन तर्जुमाका सबै प्रक्रियाहरु पुरा गरेको नदेखिएको, गाउँपालिकाका कार्यकारी पदाधिकारीहरुमा वातावरणिय ऐन, नियमावली र कार्यविधिहरुको ज्ञानका् अभाव देखिएको, वातावरण सम्बन्धि क्हि कानुनहरु अनुमोदन गरिएको भएपनि स्थानीय परिवेश अनुशार तयार नगरिएको उल्लेख छ ।
यस्तै स्थानीय वातावरण तथा प्राकृतीक स्रोत संरक्षण एंन २०७७ का मुख्य प्राबधान, वातावरणमैत्री स्थानीय शासनको पृष्ठभूमी, गाउँपालिकाका लागि वातावरणमैत्री स्थानीय शासनका सुचकहरु लगाएतका विषयमा वातावरणविद बम बहादुर वलीले जानकार िगराउँनुभएको थियो ।
स्थानीय सरकार भित्र वातावरण सरंक्षण र ब्यवस्थापन सम्बन्धि विभीन्न कानुनहर बारे स्थानीय तहका जनप्रतिनिधिहरु र सम्बन्धित कर्मचारीहरुसंग छलफल गर्ने, वातावरणिय प्रावधानको कार्यान्वयनका लागि स्थानीय तहमा रहेका अवसर, चुनौती र समस्याहरु पहिचान गर्ने र राम्रो वातावरणिय अभ्यासहरुको तर्जुमा तथा कार्यानवयनका लागि साझेदारी र स्थानीय तह बिच भविष्यमा सहकार्य हुन सक्ने क्षेत्रको खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकाको वातावरणिय ब्यवस्थापनका अभ्यासहरुको बारेमा थोरै भएपनि काम गरेको भनदै यसलाई अव विस्तृत रुपमा सच्याउादै लग्नुपर्ने बताउँनुभयो । स्थानयि तह निर्माण संगै हरेक निती निर्माणहरु बनेको बताउँदै अवको दिनमा सरोकारवालाहरु संग समन्वय गदैृ अगाडि बढ्न सकिने बताउँनुभयो । शुनयमा रहेको स्थानीय तहको निती निर्माणले धेरै कुरामा सहयोग पुगेको बताउँनु भयो । वातावरण ब्यवसथापनका विषयमा प्रतिवेदनको आधारमा पुरा गर्ने गरि काम गर्न त्यस मातहतका कर्मचारीहरुलाई आग्रह गर्दै प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको शहजीकरण विपद् शाखा प्रमुख बालकृष्ण भण्डारीले गर्नुभएको थियो । अभिकुखीकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्का,कार्यपालीका सदस्य अङ्गने चौधरी, सुभद्री चौधरी, प्रशासन शाखा प्रमुख यादव डांगी ,कार्यक्रम अधिकृत किरण पोख्रेल लगाएत विभीन्न शाखा प्रमुख कर्मचारी, सामुदायीक वनका प्रतिनिधि लगाउतको उपस्थिती रहेको थियो ।।