महताराले दिए कैदीलाई गञ्जि, तरुल

तुलसीपुर
३ माघ / तुलसीपुर कारागार भित्रका कैदीबन्दीहरुलाई गञ्जि,तरुल सहयोग गरिएको छ ।

तुलसीपुर निवासी सामाजिक अभियन्ता टोपबहादुर महतराले एक क्विन्टल तरुल र १० केजी गन्जी प्रदान गरेका हुन् ।


तरकारी ब्यबसायी राजेन्द्र वली र तुफान खड्काले उपलब्ध गराएको गञ्जि, तरुललाई उनले आईतबार कैदीहरुलाई प्रदान गरेका हुन् ।
माघि पर्वको अवसरमा गञ्जी तरुल पाउँदा आफूहरु खुसी भएको कैदी सुनिता भण्डारीले बताईन् ।

कैदीहरुकालागि खानेकुरा सहयोग गरेकामा कारागार शाखा तुलसीपुरका प्रमुख अमरबहादुर वलीले धन्यबाद ज्ञापन गरे ।