लायन्स क्लब अफ दाङ टिचर्सको आयोजनामा ६० जनाद्वारा रक्तदान

तुलसीपुर,३१ असार ।
लायन्स क्लब अफ दाङ टिचर्सको आयोजनामा ज्ञानदिप कलेजमा तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ । त्यस अवसरमा ६० जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ दाङ टिचर्सको आयोजनामा ६० जनाद्वारा रक्तदान क्लब अफ दाङ टिचर्सका प्रथम उपाध्यक्ष एव रक्तदान कार्यक्रमका संयोजक मनोज केसीको अध्यक्षता तथा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ एनका रिजन चेयर पर्सन सुरेश हमालको प्रमुख आतिथ्यता एवं लायन्स क्लब अफ टिचर्स दाङ टिचर्सका बर्ष २०२२/०२३ का अध्यक्ष मनोज कुमार केसी , २०२१/०२२ का अध्यक्ष ठाकुर डाँगी, ज्ञान ज्योति फाउन्डेशनका प्रमुख सुरेन्द्र जीसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

No description available.

रगत नै जीवन दान भएकाले रगत अभाबलाई कम गर्न यो कार्यक्रम गरिएको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने,तुलसीपुर रक्त सञ्चार केन्द्रका प्रमुख नरेश चौधरी, लमही रक्त सञ्चार केन्द्रका प्रमुख मनिशा चन्द एवं प्राबिधिक ठाकुर पौडेल र नेपाल रेडक्रस सोसाइटी दाङका सदस्य भिमलाल मरासिनीको टोलीले प्राबिधिक सहयोग गरेको थियो ।

No description available.


क्लबका कोषाध्यक्ष रविन्द्र चापागाईले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा राष्ट्रिय ध्वजाको अभिवादन क्लबका सदस्य चमन धितालले गरेको थिए । त्यस अवसरमा मनोज कुमार केसी, मनोज केसी, लियो क्लब अफ दाङका अध्यक्ष निर्मल खड्कालगायतले रक्तदान गरेका थिए ।

No description available.

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ दाङ टिचर्सका सचिब हिमाल कडेलले गरेका थिए । रक्तदान गर्नेहरुलाई क्लबले फलफूलको ब्यबस्थापन गरेको थिए । यो बर्षको पहिलो कार्यक्रम हो ।

No description available.