प्रदेश स्तरीय हाजिरीजवाफमा दाङको मेचिकाली प्रथम

तुलसीपुर, २९ कात्तिक ।
न्यु होइराजन अङ्ग्रेजी आवासीय माविको आयोजनामा सम्पन्न प्रदेश स्तरीय हाजिरीजवाफ २०८२ को सेमिफाइनल दाङ केन्द्रको प्रतियोगितामा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । दाङको लमहीमा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका सविता चौधरी, दिपेश डाँगी र विपुल यादव प्रथम भएको हो ।

प्रतियोगितामा नवज्योति जनता इङलिस बोर्डिङ स्कुल चरकमटियाका मनोज भण्डारी, रोहित खड्का र मञ्जु भण्डारी द्वितीर तथा अमर इङलिस बोर्डिङ स्कुल तुलसीपुका मौसमी रोका मगर, जीवन वली र सुशासन दसौँदी तृतीय भएका छन् ।

प्रतियोगितामा जनज्योति विद्या मन्दिर घोराही, सिद्धार्थ एक्केडेमी र गुरूकुल एकेडेमी घोराही सान्त्वना भएका थिए । प्रतियोगितामा दाङ बाँके र बर्दिया, प्युठान, रोल्पा र पूर्वी रूकुमका ४० विद्यालय सहभागी भएका थिए ।


दाङ, पाल्पा, रूपन्देही केन्द्र गरी तीन केन्द्रका कार्यक्रम सम्पन्न भएको हो । प्रत्येक केन्द्रबाट पहिलो र दोस्रो हुने छ समूहमा मङ्सिर १३ गते बुटवलमा फाइनल प्रतियोगिता हुने छ ।

न्यु होराइजनका सह-प्रधानाध्यापक बासुदेव अर्यालको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबहाक मेयर लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।