प्रदेश स्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुदै

दाङ,१७ भदौ ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना हुने भएको छ । आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी दिएका छन् ।

क्लबका अध्यक्ष ओम जैसीका अनुसार महिला शसक्तिकरण गर्ने मूख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । यससंगै छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए ।

प्रतियोगितामा सहभागी हुनेका लागी भाद्र १७ गतेबाट फारम खुल्ला हुने कार्यक्रम संयोजक देवी गुरुङ्गले जानकारी गराइन । गुरुङका अनुसार भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिनेछ । आगामी कार्तिक १ गतेदेखि १२ गतेसम्म लुम्बिनी प्रदेशको राजधानी दाङ र भैरहवा गरी दुई स्थानमा प्रतियोगिताको अडिसन हुनेछ। कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते विजेता घोषणा गरिने क्लबका अध्यक्ष ओम जैसीले जानकारी गराए।


प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउन सहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउन सहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन । २० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् ।

सरीता रानाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले शुभकामना मन्तब्य राखेकी थिईन ।