दाङमा २२ संक्रमित थपिएसंगै सक्रिय संक्रमति ७५

तुलसीपुर
३ भदौ / दाङमा विहीबार थप २२ जनामा कोरोनासंक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ७७ जना पुगेको छ ।

विहीबार ७५ जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा घोराहीका ९ , तुलसीपुरका ७, लमहीका ३, गढवाका २ र राप्तीका १ जना थपिएका हुन् ।


साथै आज कोरोना १७ जना कोरोना मुक्त भएका छन् । जसमा घोराहीका १० , तुलसीपुरका ४ र लमहीका ३ जना रहेका छन् ।