अटोमा आगो लगाउने २ जना पक्राउ

तुलसीपुर, १ असोज ।
दाङको घोराही उपमहानगरपालिका– १५ विपिचोक नजिक घर अगाडी रोकि राखेको अटोमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अटोमा आगो लगाएको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १७ कृष्ट हस्पिटल चोक स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बस्ने २३ वर्षिय मिलन पौडेल र बाग्लुङमा स्थायी घर भई हाल घोराही उप–महानगरपालिका वडा नम्बर १५ विपि चोकमा डेरा गरी बस्ने २९ वर्षिया कमला दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।


प्रवक्ता गौतमका अनुसार उनीहरुले घोराहीमा डेरा गरी बस्नेत टेक बहादुर खत्रीको रा १ ह ४६६० नम्बरको अटोमा आगो लगाएका थिए । बिहिबार राती आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले घटना स्थलको अध्ययन तथा खोजतलास गर्दै जाने क्रममा उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसिभिका कारण अटोमा आगो लगाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।