
दाङ, २० कात्तिक ।
दाङमा खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पश्चिम दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरेखोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अन्टेष्ट र ईलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ट्याक्टरबाट प्रति ट्याक्टर १० हजार रुपैँयाका दरले जरिवाना असुल गरि ट्याक्टर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।



लाइभदाङ । २१ कार्तिक २०८२, बिहीबार १७:०६ बजे