नेपाली कानुनको क्षेत्रमा उदीयमान प्रतिभाशाली ब्यक्तित्वका बर्तमान पुस्ता एक बरिष्ठ न्यायकर्मी, शाहित्यकार हुन –पेशल न्यौपाने । उनले विराटनगर कर्मक्षेत्र बनाई कानुनको क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्दै आएका छन् । उनी कानुन र शाहित्य क्षेत्रमा निकै क्रियाशिल ब्यक्ती हुन् । उनको नाम नेपालका हरेक भुगोलमा नसुन्ने कमै होलान् ।
२०२३ कात्तिक २ गते जन्मिएका अधिबक्ता न्यौपाने बहुआयामिक प्रतिभाका धनी छन् । अत्यन्त सरल एवं मृदुभाषी, कोमल हृदयका उनले विएएलएलविएमसम्म अध्ययन गरेका छन् । नेपाली भाषा साहित्यको श्रीबृतिमा उतिकै सक्रिय रुपमा भूमिका बहन गर्दै आएक उनी न्याय र शाहित्यको दुबै फाँटमा सशक्त कलम चलाउने ब्यक्ती हुन् । अधिबक्ता न्यौपानेले शाहित्यको क्षेत्रमा कथा,लघुकथा, कबिता तथा सामाजिक मनोविज्ञान र ऐन कानुन सम्बन्धित खोजपूर्ण लेख लेख्ने पनि गर्छन ।
मानिश जुन भूमिमा जन्मिएपनि उसलाई परिचित बनाउने भनेको उसकै सत्कर्मले हो ।‘मानिश जन्मिदा चर्चा कमाएर जन्मिदैन’,उनले भने‘मान्छेलाई चिनाउने भनेको उसको कर्मले हो, हामीले राम्रो कर्म गरे राम्रो चर्चा हुन्छ, गलत काम गरे गलत चर्चा हुने गर्छ, त्यसैले हामीले समाजकालागि सकारात्मक कादम चाल्नुपर्छ ।’
जन्मने त यस धर्तीमा असंख्यक जन्मन्छन्, जन्मिएर केवल आफ्ना लागि मात्रै बाँच्छन्, भने कोही जीवनभर सबैको लागि बाँचेका हुन्छन्, र जीवनपर्यन्त आफ्नो कृतिले अमर हुन्छन् । उनले आफ्नालागि मात्रै नभई समाजकालागि काम गर्नुपर्छ, भन्ने भावना राख्नु पर्ने बताउछन् ।
बर्तमान समयमा एउटा असल पुस्ता अधिबक्ता न्यौपानेको जीवन महाकाब्य झै लाग्छ । असल संस्कार, मितब्ययी व्यबहार, सामाजिक गुणले ओतप्रोत उनको
जीवन समाजका निम्ति उदाहरणीय छ । आफ्नो सुकर्ममा रमाउने अरुको उन्नतीमा खुसी हुने साहित्यकार एवं बरिष्ठ अधिबक्ता न्यौपानेले अहोरात्र खटेर समाजमा बिभेद द्वन्दहरुलाई चिर्दै शाहित्य मार्फत बिभिन्न बिधामा कलम चलाईरहेका छन् ।‘हाम्रो साहित्यले समाज बोल्नु पर्छ, हाम्रो कलमो सत्यता बोल्नु पर्छ’, उनी भन्छन्‘हामी सबै मिलेर समाजका द्वन्द,विभेद, कुरीति अन्त्य गर्नेहो ।’
न्याय नपाएका कयौं मानिशलाई न्याय प्रदान गरिरहेका छन् । उनको सत्कर्मले भावी पुस्तालाई समेत शिक्षा मिलिरहनेछ । उनको सक्रिय सिर्जनात्मक कलमले नेपाली समाजलाई सचेत र परिबर्तन तिर डो¥याईरहने छ र न्यायको क्षेत्रमा पनि न्यायको मलम लागिरहनेछ । यस्ता असल व्यक्तीत्व सामाजिक गुण र सिर्जनाका खानी अधिबक्ता न्यौपानेलाई दाङवासीको तर्फबाट उचाईकोलागि हार्दिक शुभकामना । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २८ पुष २०७८, बुधबार ११:१६ बजे