बस्ती नै परिवर्तन गरेका ‘केशव’

टेकराज भण्डारी
केशव वली सामाजिक कार्यमा सक्रिय ब्यक्ती हुन् । उनको जन्म  २०४० साउन २१ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाहामा भएको हो । उनको बाल्यकाल रमाइलो तरिकाले बित्यो । २०५८ सालमा जन जागृती पातु वनगाउँबाट एसएलसी पास गरे । उनी एसएलसी दिएर रोजगारीकालागि कतार गए । उनले कतार दुई वर्ष काम गरे । त्यसपछि उनी आफ्नै देशमा केही गर्नुपर्छ भनेर लागे । कतारबाट फर्केको केही समय पछि उनी सहित गाउँका १०९ जना मिलेर सहयोगी बचत तथा सहकारी संस्था सञ्चालन गरे ।

२०६३ सालमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा बसाइँसराइ गरे । त्यसपछि उनी २०६४ सालमा टोलको अध्यक्ष भए । उनले २०६४ मै दाजुभाइ किराना पसल सञ्चालन गरे ।

चर्चित ‘दाजुभाइ’
तुलसीपुर बजार नजिकैको चर्चित ‘दाजुभाइ’ किराना पसल । ‘दाजुभाइ’ नाम राख्ने व्यक्ति हुन् केशव वली । नाम भनेको उसलाई चिनाउने कुरा हो, भने कर्म पहिचान हो । यसो सोच्दा ‘नाम’ भन्ने कुरा सामान्य लाग्छ । हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकंक्षा राख्छौं । यति मूल्यवान् छ, नाम । त्यही कारण त अहिलेका आमाबुबालाई आफ्ना ‘छोराछोरीको नाम के राख्ने’ भन्ने विषयले निकै सोचमग्न बनाउने गर्छ ।

‘दाजुभाइ’ भने पछि नचिनेको कोही छैन, उनले  बसाइँसराइ गरेर आएको एक बर्ष पछि सुरु गरेका थिए, दाजुभाइ किराना पसल  । किराना पसलको नाम दाजुभाइ राख्नुको रहस्य छ । उनको तीन पुस्ता दुई भाई भए पछि उनले राखेका थिए दाजुभाइ किराना पसल नाम । अहिले बेलुवा भन्दा पनि दाजुभाइ चर्चित छ ।

१० वर्ष टोलमा पु¥याएको योगदान
दस वर्षसम्म उनले लगातार टोलमै काम गरे ।  चैत–वैशाखको गर्मी भनेनन् । साउने झरी भनेनन् । पुस–माघको कठ्याङ्ग्रिने जाडो भनेनन् । भोक–तिर्खा भनेनन् । मात्र एकोहोरो टोलमा विद्युत, बाटो, पुल, प्रहरी चैखी, खानेपानी मा लागि रहे । तुलसीपुरमा कहि कतै चलेको थिएन सरसफाई अभियान, जुन बेला चलाएका थिए केशवले सरसफाई अभियान । उनले ‘म सफा गर्छु मेरो टोल’ भन्ने नाराका साथ उनले सुरु गरेका हुन । उक्त टोलमा ५०० घर छन् ।


तत्कालिन तुलसीपुर नगरपालिका हाल तुलसीपुर  उपमहानगरपालिकामा अव्यवस्थित बसोबास गर्नेहरूलाई विद्युत व्यवस्थापन गरे । उनी अव्यवस्थित बसोबार गरेकाहरूलाई तुलसीपुर नगर कार्यपालिका बाट निर्णय गराउन सफल भए, उनी अध्यक्ष भएर विद्युत व्यवस्थापन गरे । सुर्खेत जाने पातु खोला देखि उत्तर तर्फ जाने बाटोमा पहल कदमि लगे । त्यहाँ पनि सफल भए ।

२०६६ सालमा अस्थायी प्रहरी पोट बेलुवा स्थापना भयो । उनले जग्गा देखि प्रहरी बस्ने घरसम्मको व्यवस्थापन गर्न सफल भए , उनी त्यहाँ पनि  अध्यक्ष भएर काम गरे ।   टोलको र प्रहरी चौकी भवन उनले संगै बनाए । तुलसीपुर ५ देखि ९ जोडने ट्रसट पुलको उनको अध्यक्षमा भयो । मासु मार्केट देखि पश्चिम पातुखोला ९ जोडने निर्माण भएको छ । अटो र बाईक समेत हिड्छन् ।

अमृतपुर खानेपानीको कोषाध्यक्ष भई काम गरिरहेका छन् । उनी १७ वटा टोलको खानेपानीको संयोजक भएर काम गरे । त्यहाँ पनि सफल भए ।  लामो   समयको प्रतीक्षापछि घर–घरमा खानेपानी आइपुगेको भन्दै स्थानीय खुसी भएका छन् । ‘एक घर एक धारा’ अभियान अन्तर्गत लिफ्टिङमार्फत घर घरमा खानेपानी पुगेको हो ।

उनको परिवारमा बुबा, आमा, श्रीमती र दुई छोरा छन् । मानिस जन्मेदेखि नै सिप, कला तथा केही न केही क्षमता लिएर जन्मेको हुन्छ । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पूरा गर्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन् तर हामीले कहिल्यै पनि हार मान्नुहुँदैन । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । त्यस्तै मेरो पनि जीवनको लक्ष्य समाज सेवा गर्ने छ । मैले मेरो लक्ष्य पूरा गर्नको लागि जीवनमा धेरै सङ्घर्ष गर्नुपर्नेछ । साभारः अग्रिम साप्ताहिक