रेडियोका हस्तीको अधिकृत यात्रा…

कुनै समय यस्तो थियो : ध्रुबराज न्यौपाने‘डीआरएन’ लाई भेट्न रेडियोमा लाईन हुन्थ्यो । मिठो श्वरको धनी डीआरएन ‘कस्तो छ होला ?’ सबैलाई उत्सुक्ता लाग्थ्यो । किनकी त्यतिबेला रेडियो नै सञ्चारको प्रभाबकारी माध्याम थियो । त्यतिबेला रेडियोमा कार्यक्रम सञ्चालन गर्ने जो कोहीको क्रेज निकै थियो । त्यसमा पनि मनोरञ्जनात्मक कार्यक्रम चलाउनेलाई मनपराउनेको भीड धेरै हुन्थ्यो । मोफसलमा चलचित्रका कार्यक्रम चलाउने ट्रेन भित्र्याउने उनै डीआरएन हुन् । एसएलसीको नतिजा रेडियोबाट प्रशासन गरेपछि उनको झनै चर्चा चुलिएको थियो । मिसन प्लस टु जस्ता कार्यक्रम पनि उनले सञ्चालन गरे । यस्तै लोकप्रिय कार्यक्रम सञ्चालन गरेर चर्चित बनेका डीआरएन अहिले भने सरकारी जागिरे बनेका छन् । उनी हाल रोल्पाको परिबर्तन गाउँपालिकाका लेखा अधिकृत छन् । लेखा अधिकृत हुँदा पनि उनको रेडियोको यात्राले भने विट मारेको छैन् । उनी दाङ आउँदा जहिले पनि एउटा न एउटा कार्यक्रम चलाईरहेकै हुन्छन् । भन्छन्‘मलाई यो स्थानमा पु¥याउने यही रेडियो नै हो, यो रेडियोको यात्रा जिन्दगीभर नै गर्ने छु ।’ चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष समेत रहेका डीआरएनले आफूलाई मोफसलको चलिचित्र विश्लेषक तथा समीक्षक भन्न पनि रुचाउछन् । उनको यस क्षेत्रमा लामो अध्ययन छ । उनको परिवारमा वुवा,आमा,श्रीमती,छोरी छन् ।

२०४८ पुस २१ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैमा जन्मिएका डीआरएनको बाल्यकालको स्वभाव अलि नबोल्ने थियो । उनी खासै कोही संग घुलमिल हुदैनथे । एकलकाटे प्रकृतिको थिए । गाउँघरका एकदमै नजिकका साथीहरुसंग मात्र अलि नजिक थिए । तर, सानै देखि रेडियोप्रेमी भने थिए । गृहकार्य गर्दा होस् या पढ्दा नै किन नहोस् साथमा रेडियो बज्नुपथ्र्यो । वाल्यकालमा पनि रेडियो प्रतिको मोह निकै थियो । सानोमा कोही कसैसंग खासै नवोल्ने उनी बोल्ने पेशामा एक दशक भन्दा वढि समय आवद्ध भए । उनको बाल्यकाल थोरै रमाईलो अनि थोरै अभावका विचमा गुज्रिएको उनी बताउछन् ।

पारिवारी अबस्था
उनी सामान्य घर परिवारको मान्छे हुुन् । विगतमा उनका वुवाले थुप्रै मिहेनत गर्नुभयो । उहाँको मिहेनतको फलका कारण अचेल पहिलाको जिवनशैली भन्दा केही हदसम्म फरक छ । डीआरएन सबैभन्दा कान्छो अनि घरको एक्लो छोरो हुन् । मेरो अगाडी ४ जना दिदीहरु हुनुहुन्छ । जसोतसो दुख गरी मलाई वुवाले वोर्डिङ स्कुलमा पढाउनुभएको थियो । डीआरएन सानै देखि अलि भावुक प्रकृतिको भएकाले घरपरिवारको दुःख र भोगाईलाई आत्मसाथ गर्दै अनुसाशित भएर पढे । भन्छन्‘सानै देखि म पढाईमा फोकस गर्ने मान्छे थिएँ । स्कुलमा सधै कक्षा प्रथम या द्धितिय हुन्थँे । स्कुल लेभलका कक्षामा म कहिले तेस्रो भएको ईतिहास छैन ।’ जीवनलाई संघर्ष बुझेका डीआरएन भन्छन्‘ सबैलाई पढाउदा,हुर्काउदा,विवाह गर्दा बुवाले बगाएका पसिनाको कुनै हिसाव निकाल्न सकिदैन ।’

वाल्यकालका रमाईला पल
उमेर वित्दै जाँदा प्रायः धेरैले बाल्यकाललाई सम्झिन्छन् । बाल्यकालका रमाईला हुन्, या दुःखका कुरा हुन्, अहिले सम्झिदा सबैलाई रमाईलै लाग्छ । डीआरएन पनि आफुले इच्छा गरेको केही कुरा पाउदा साहै खुसी हुने गरेको सम्झिन्छन् । सानै छदा पर्सेनीमा लाग्ने भोटेमेलामा जादा पटका सहितको बन्दुक किन्नका लागि वुवासंग गरेको संघर्ष साह«ै याद आउने उनी बताउछन् । भन्छन्‘अचेल भोटेमेला लाग्दा म सधै त्यही कुरा स्मरण गर्ने गर्छु ।’ यसैगरी कक्षा एलकेजीमा पढ्दाको एउटा घटना याद छ । स्कुलबाट घर फर्किदा खेतको वाटो आउदै गर्दा बाटोमा रहेको आँपको रुखमा आँप खानको लागि चढ्दै गर्दा रुख चढ्न नसकेर खोलामा लडेको र उक्त खोलाले तलसम्म वगायो । उनले झोला पनि संगै बोकेकाले झोलाका सबै किताब, कपी भिजाएर काम नलाग्ने भएका थियो । यो पनि अहिले उनको दिमागमा झलझल्ती याद आउछ ।

शिक्षा
उनी सानैदेखि राम्रो विद्यार्थी हुन् । विद्यालयमा पनि सबै शिक्षक शिक्षिकाहरुले राम्रो मान्थे । तर, एसएलसी पछि भने अलि कम्जोर भयो । नियमित कलेज जान नपाउँदा ११देखि व्याचलरसम्मको पढाई त्यति सन्तोषजनक भएन । तर डिग्रीमा भने उनले पढाईलाई पुन ः सुधार गरे । २०६५ सालमा तुलसीपुर स्थित राप्ती विद्या मन्दिर बाट एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेको थिए । विशिष्ठ श्रेणीका लागि थोरै अंक पुगेको थिएन । त्यस्तै सोही विद्यालयबाट उनले व्यवस्थापन संकायमा प्लस टु उत्तिर्ण गरे भने स्नातक तह राप्ती ववई क्याम्पसवाट व्यवस्थापन संकाय बाटै उतिर्ण गरे ।
स्नातकोत्तर भने आम संचार तथा पत्रकारिता विषयबाट अध्ययन गरे । हाल म राजनितिक शास्त्रबाट स्नातकोत्तर तह तथा एलएलवि (कानुन संकाय) मा अध्ययनर गरिरहेका छन् ।

आबद्धता
उनी कक्षा ९ मा पढ्दा देखिनै कुनै न कुनै ठाँउमा आवद्ध भए । वि.सं २०६४ साल देखि रेडियो मध्यपश्चिम एफ.एम.घोराहीबाट कार्यक्रम सञ्चालन गर्न सुरु गरेको थिए । जतिबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । वि.सं २०६५ सालमा एसएलसी उत्तिर्ण गरेपछि उनी तुलसीपुर ७ श्रींगैमा रहेको त्रिदेव वोर्डिङ स्कुलमा पढाउन सुरु गरिसकेको थिए । एसएलसीको पढाई पछि नै आफुलाई जिम्मेवार बनाई घरमा समेत जिम्मेवारी वहन गर्न सुरु गरिसकेको उनी विभिन्न समयमा विभिन्न संघ संस्थामा आवद्ध भई काम गरे ।


संस्थामा हुँदा गरेका योग्दान
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्ष हुँदा दाङ जिल्लामा विट पत्रकारिताको मूल्य मान्यतालाई स्थापित गर्न सकेको उनी बताउछन् । मनोरन्जनको खवर कहिले पहिलो स्थान नपाउने ठाँउमा मनोरन्जनका कुराहरुले मिडियामा पहिलो स्थान पाउन थाले । ठुला ठुुला सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । चलचित्र पत्रकारितामा जिल्लालाई अव्वल सावित गरियो । फिल्म तथा गीतहरुको जिल्लामा छायांकनका लागि पहल गरियो । जिल्लाका कलाकारलाई जिल्लाप्रति थप जिम्मेवारीवोध गराउन सफल भए । रेडियोको कुरा गर्दा नयाँ नयाँ कन्सेप्ट सहितका कार्यक्रम उत्पादन गरी प्रसारण गरे जुन कार्यक्रमहरुले श्रोताको अत्यधिक मन जित्न सफल भए । एसएलसी को रिजल्ट,मिसन प्लस टु जस्ता कार्यक्रमहरुको जिल्लामा सुरुवाती प्रसारण भए । यस्तै चलचित्रका कुुरा गर्ने फिल्मी पर्दा,ज्ञानका कुरा गर्ने मास्टर माईन्ड अनि सबैको खवरलाई वाहिर ल्याउने पत्रकारकै वारेमा यथार्थपरक कुरा गरी उनीहरुको अवस्थाको चित्रण गर्ने रियल भ्वाइस जस्ता कार्यक्रमहरुले पनि श्रोताको अत्यधित मन जित्न सफल भएका थिए । रेडियोका कार्यक्रम संयोजक हुदा थुप्रैलाई रेडियोमा वेल्ने अवसर पनि प्रदान गर्न सफल भए । रेडियोवाट आफुले पनि थुप्रै कुरा सिक्ने मौका पाए । तसर्थ रेडियो मेरो जिवनमा जहिल्यै पहिलो रोजाईमा पर्छ ।
यस्तै सामाजिक संघ संस्थामा आवद्ध हुदा थुप्रै सामाजिक कर्म संग जोडिएका नमुना योग्य कार्य गर्न सफल भए । गुरु जजुरमा काम गर्दा विद्यालयको लेखालाई व्यवस्थित गर्ने प्रयास गरे भने स्कुलमा अध्यापन गर्दा राम्रो जनशक्ति उत्पादनमा जोड दिए । यस्तै आजभोलि जनताको सबैभन्दा नजिकको सरकार स्थानिय तहमा रहेर जनताका अनेकौ समस्याहरुलाई नजिकबाट नियालेर जनताको सेवामा समर्पित भएका छन् । आर्थिक प्रशासनलाई चुस्त दुरुस्त पार्दै सुशासन तथा आर्थिक मितव्ययिताको लागि निरन्तर लागिपरेको छु ।

संघर्ष
उनको जीवनमा अनेकौ समस्याबाट गुज्रिदै उनी यो स्थानसम्म आएका छन् । सानै उमेर देखि नै संघर्षका दिनहरु सुरुवात भईसकेका थिए । खासगरी कम उमेरमा नै वैवाहिक सम्वन्धमा वाधिएकाले सानै उमेरदेखि संघर्षका दिनहरु सुरुवात भईसकेका थिए । संघर्षका कुरा गर्नु पर्दा विभिन्न समयमा विभिन्न खालका संघर्षहरु गर्दै यहाँ सम्मको यात्रा तय भएको छ । रेडियोमा वोल्नका लागि गरेको संघर्ष,जागिर खानका लागि गरेको संघर्ष, सामाजिक संघ संस्थामा नेतृत्वदायि भूमिकामा बसी सामाजिक कर्म गर्दाको संघर्ष वा पढ्नका लागि गरेको संघर्ष अवसमरणीय रहेको छ । त्यही निरन्तर प्रयास तथा लामो संघर्षका कारण आज समाजमा केहिी हद सम्म स्थापित हुन सकेको उनको अनुभूति छ ।

जीवनप्रतिको बुझाई
जीवनको सार भनेकै सुख र दुःख भएको उनी बताउछन् । भन्छन्‘ हरेक मानिसको जिवनमा सुख र दुःख दुवै हुन्छ । कुरा यति हो कि कुनै मानिस दुखमा पनि दुःख लुकाएर हास्न सिकेको हुन्छ भने कुनै सकिरहेको हुदैन । जिवनमा दुःख भयो भनेर आत्तिने र सुख मा मात्तिने गर्नु हुदैन । सुख र दुखको मानव जिवनसंग अन्योन्याश्रीत सम्वन्ध रहेको छ ।’

हरेकको घरमा सुख पनि छ र दुःख पनि रहेको उनी बताउछन् । तर, फरक यति हो आफ्नो जीवनलाई सुख र दुःखकाबीचबाट कसरी खुसी राख्ने भन्ने महत्वपूर्ण कुरा हो । जिवनमा खुसी हुनु नै सवैभन्दा ठुलो सफलता हो । तसर्थ जिवन भनेकै सुख र दुखको रथ हो जहाँ हामि मानवजाती अनिश्चितताको यात्रा तय गरिरहेका छौ । साभार : अग्रिम साप्ताहिक

May be an image of 1 person and text