
दंगीशरण, १६ कार्तिक ।
दंगीशरण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेकोछ । आइतबार गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका ६१ वटा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको हो ।
गाउँपालिकाले अग्रिम सुचना जारी गर्दै किसानको माग बमोजिम ३ लाख अर्सठ्ठी हजार १ सय ८० रुपैया बराबरको गहुँको बीउ खरिद गरीएको कृषि साखा प्रमुख शरु भुषालले जानकारी दिइन । ६१ वटा कृषक समुहको माग अनुसार मागका आधारमा अग्रिम पैशा जम्मागरी किसानको ४१ र गाउँपालिकाको ४१ गरि ५० प्रतिशत अनुदानमा वितरण गरीएको हो । वितरण गरिएको गहुँको बिउमा NL(९७१ ) ३३४० के.जि. बिजय ४४८० के.जि.बाणगङा ११३० के.जि गरि जम्मा ८ हजार ९ सय ८० के.जि. गहुँको बीउ वितरण गरीएको हो ।
गहुँको बीउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक बर्ष २०८२/८३ मा अफुहरुले खाधान्न बाली बीउ वितरणका लागि ५ लाख रुपियाँ बजेट बितरण गरीएको र जस अन्तर्गत गहुँको बिउको माग अत्यधिक आएकाले किसानको मागलाइ सम्बोधन गर्न गहुँको बीउ वितरण गरिएको बताए ।
अध्यक्ष गिरीले आफुले यहाँका किसानहरुले बढी भन्दा बढि कृषि बालीहरु उत्पादन गर्नुपर्छ भन्ने उदेश्यले उत्पादन गरेको कृषि बालिनालीलाई सहि र सुरक्षीत भण्डारणका लागि ५० प्रतिशत अनुदानमा हर्मेटीक ब्याग समेत वितरण गरिएको जानकारी दिए ।



लाइभदाङ । १७ कार्तिक २०८२, आईतवार १९:५३ बजे