तुलसीपुरमा कोरोना बढ्नुमा महोत्सवको दोष की ‘टूर’

तुलसीपुर।दाङको तुलसीपुरमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । परीक्षण संख्याको करिब ५० प्रतिशतको हाराहारीमा संक्रमित भेटिने गरेका छन् । पछिल्लो एक हप्तामा मात्रै तुलसीपुरमा संक्रमितको संख्या ११७ पुगेको छ । आईतबारसम्मको तथ्यांक हेर्दा सोही संख्यामा सक्रिय संक्रमित छन् । ति मध्ये अधिकांस विद्यार्थी र शिक्षकहरु रहेका छन् । ४७ जना विद्यार्थी, १६ जना शिक्षक,

१५ जना स्वास्थ्यकर्मी, ४ जना कर्मचारी, २ जना भारतबाट आएका तथा एक जना पत्रकार समेतलाई कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय लक्षणसहितको कोरोना संक्रमण देखिएपछि तुलसीपुरमा सतर्कता पनि व्यापक अपनाउने गरिएको छ । माघ ३ गतेसम्मकालागि यस क्षेत्रका सबै विदालय समेत बन्द गरिएको छ । सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध समेत गरिएको छ ।

प्छिल्लो समय यसरी संक्रमित बढ्नुमा तुलसीपुरमा केही दिन अघि सकिएको महोत्सवलाई दोष दिईएको छ । तर, कोरोना संक्रमित अधिकांस विद्यार्थीहरुमा देखिएकाले महोत्सवका कारणले संक्रमण बढेको भन्ने कुरा गलत रहेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए । ‘केही सुस्त श्रवन विद्यार्थी समेत संक्रमित भएका छन्, उनीहरुलाईपनि महोत्सव मै गएर सरेको भन्ने भएन’,उनले भने‘विद्यार्थी र शिक्षकहरुमा संक्रमण भएको अबस्था मूल्यांकन गर्दा ‘टूर’ गएकाहरुबाट सरेको हुनसक्छ ।’

तुलसीपुरमा महोत्सव लगाउँदा संक्रमितको संख्या नभएको भन्दै बरु टूर जाने विद्यार्थीहरु र भारतसंग नाका जोडिएकाले त्यताबाट आएको हुनसक्ने बताए । तर, अब भने संक्रमित धेरै भएकाले भीडभाड, महोत्सवले कोरोना ब्यापक फैलिन सक्ने उनी बताउछन् । किनकी अहिले संक्रमितको संख्या धेरै छन् । उनीहरुले धेरै जनालाई संक्रमण सार्न सक्छन् । त्यसैले धेरै भीडभाड हुने क्षेत्र, सभा, सम्मेलन रोेक्नु पर्ने उनी बताउछन् । अहिले तुलसीपुरमा मात्रै बढि देखिएपनि सबै तिर यस्तै समस्या रहेको समेत उनी बताउछन् । भारतसंग नाका जोडिएको र भारतबाट आएका ब्यक्तीहरु सिधै तुलसीपुर आउने कारणले पनि यसरी संक्रमण बढेको उनको भनाई छ ।

तुलसीपुरमा सक्रिय संक्रमित ५ सय जति भएमा स्मार्ट लकडाउने गरिने तथा एक हजार पुगेमा पूर्ण लकडाउन गरिने समेत उनले बताए । साथै संक्रमितको मृत्यु हुने अबस्था आयो वा अस्पतालका बेड ३० प्रतिशत भन्दा बढि भरिएमा पनि पूर्ण लकडाउन हुन सक्ने उनी बताउछन् ।


पहिले रुखाखोकीको मात्रै लक्षण देखिने गरेको भएपनि अहिले ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिने गरेको केसीले बताए ।

घोराहीमा पनि महोत्सवकै चर्चा

तुलसीपुरमा केही समय अघि महोत्सव लगाउँदा कोरोना सक्रमितको संख्या ह्वात्तै बढिरहेको अबस्थामा घोराहीमा पनि महोत्सव लगाउने विषयको ब्यापक आलोचना भइरहेको छ । यही आलोचनाकै बीचमा दाङ उद्योग बाणिज्य संघलाई आउदो माघ ७ गतेदेखि १७ गतेसम्म महोेत्सव लगाउने गरि अनुमति प्रदान ग¥यो । तर, ब्यापक आलोचनापछि आयोजकले महोत्सव रोक्ने भएको छ । यही पुस २२ गते चलानी नं.‘४७३९’ रहेको पत्र संघलाई प्रदान गरिउको हो । घोराही उपमहानगरपालिकाको सिफारिश बमोजिम घोराही १४ झिगौरामा ‘औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी २०७८’ सञ्चालनकोलागि अनुमति दिएको पत्र सार्वजनिक भएको थियो । कोरोना पनि बढिरहेकाले अहिले महोत्सव लगाउन उचित नहुने भन्दै महोत्सव रोकिएको महासचिब महेन्द्र बुढाथोकीले बताए । साभार : अग्रिम साप्ताहिक

May be an image of 6 people, people standing and text