सेवार खोलामा बर्षौपछि आयो भिषण बाढी

सेवार खोला अन्तर्गत घोराही बसपार्क नजिक पुलबाट देखिने पानीको बहाव । तस्बिरःकुलदीप न्यौपाने

तुलसीपुर, २६ असार । दाङको सेवार खोलामा बर्षौपछि भिषण बाढी आएको छ ।

स्थानीयका अनुसार २०/२२ बर्षसम्म पनि त्यत्रो बाढी नदेखेको प्रतिक्रिया दिएका छन् । पहाडी क्षेत्रमा आएको पहिरो र बर्षादका कारण अकास्मात भीषण बाढी आएको जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ ।

एक सूचना जारी गर्दै प्रशासनले सचेत खोला किनारका बस्तिलाई सचेत रहन समेत भनेको छ । २९ गतेसम्म नियमित बर्षा हुने पूर्वानुमान भएको भन्दै सचेत रहन अनुरोध गरेको हो ।