
दाङ, २९ असोज ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा.बिकास लामीछानेले पदबाट राजिनामा दिएका छन । उनले बुधबार दिउसो प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजिनामा दिएका हुन् ।
घरायसि र स्वास्थ्यको कारण देखाउदै आफुले पदबाट राजिनामा दिएको बताएका छन् । साथै डा.लामीछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन् ।
लामीछानेको आउदो फागुनमा आफ्नो ४ बर्षे कार्यकाल सकिने थियो । तर, पनि कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजिनामा दिएका हुन् । लामीछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर आफुले पदबाट राजिनामा दिएका छन् ।



लाइभदाङ । २९ आश्विन २०८२, बुधबार २१:३३ बजे