दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ,१६ असोज । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउपालिका वडा नम्बर. २ महादेवा निवासी २५ बर्षीय अनिल बिश्वकर्मा रहेको दाङका प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।


अनिलले अति आवश्यक कुरा गर्नु पर्ने छ भनि १६ वर्षीय बालिकालाई आफ्नै घरमा बोलाई ललाई फकाई गरी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाइ इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।