
तुलसीपुर, ३० भदौ ।
दाङको तुलसीपुर स्थित उच्च अदालत पनि जलेर नष्ट छ । ५ वटा गाडी र ३६ थान कम्प्युटर जलेका तथा हराएका छन् ।“केही जलेका छन्, भने केही हराएका छन्”,सूचना अधिकारी कृष्ण शर्माले भने“तोडफोड र आगजनी पछि पनि बचेका सामग्रीहरु चोरी गरेर पनि लगिएको छ ।”
अदालतको सबै भन्दा महत्वपूर्ण शाखा मुद्दा शाखा रहेको भन्दै त्यो पनि जलेर नष्ट भएको बताए । मुद्दा शाखामा रहेका सबै चालु मिसिलहरु जलेर नष्ट भएको उनको भनाई छ ।
हाल बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा त्यसको सुनुवाई गर्ने काम सुरु गर्ने तयारी रहेको छ । बाँकी यहाँको भौतिक संरचना सुधार र सर्वोच्च अदालतको आदेश बमोजिम काम गर्ने उहाँको भनाई छ ।



लाइभदाङ । ३० भाद्र २०८२, सोमबार २०:४२ बजे