दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

तुलसीपुर
१६ पुस / दाङमा गाडीको ठक्करबाट एक ब्यक्तीको मृत्यु भएको छ ।

दाङ–सुर्खेत सडकखण्ड अन्तर्गत दंगीशरण ६ श्रीगाउमा गाडीले ठक्कर दिंदा दंगीशरण गाउँपालिका ६ निवासी ३२ वर्षिय सुमन केसीको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार विहान ४ बजेतिर उक्त दुर्घटना भएको हो । ठक्कर दिने गाडी अझै भेटिएको छैन ।

खोजी भइरहेको प्रहरीले बताएको छ ।