तुलसीपुरमा मंगलबार परीक्षण गरेका करिब ५० प्रतिशतमा देखियो कोरोना

तुलसीपुर
४ माघ / तुलसीपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जम्मा परीक्षणको करिब ५० प्रतिशतहो ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार ६५ जनाको कोरोना परीक्षण गरिएको हो । जसमा ३२ जनामा संक्रमण देखिएको भन्दै यो जम्मा परीक्षणको ४९.२३ प्रतिशतमा कोरोना देखिएको हो ।


मंगलबार संक्रमण पुष्टि हुनेमा १३ वर्ष उमेरदेखि ७५ वर्ष उमेर समूहका विद्यार्थी ३ जना, शिक्षक दुई जना, स्वास्थ्यकर्मी एक जना र अन्य व्यक्तिहरु २६ जना रहेका छन् ।

यो संगै तुलसीपुरमा संक्रिय संक्रमितको संख्या २२० जना पुगेको छ भने मंगलबार ४१ जनाले कोरोना संक्रमणलाई जितेका छन् । तुलसीपुरमा पछिल्लो समय यता संक्रमितको संख्या ३८१ जना रहेको छ ।