
तुलसीपुर, २४ भदौ । जेनजी आन्दोलनका क्रममा दाङका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।
दाङको घोराही र तुलसीपुर उमहानगरपालिकाको कार्यालय सहित तुलसीपुरको उच्च अदालत, उच्च सरकारी वकिल कार्यालय, मालपोत कार्यालय तुलसीपुर, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति, भू तथा जलाधार कार्यालय, नेपाल आयल निगमको कार्यालयलगायतका कार्यालयहरुमा तोडफोड गर्नुकासाथै आगजनी गरिएको थियो ।
त्यस्तै विजौरी स्थित एमाले महासचिब शंकर पोख्रेल, एमाले नेतृ कोमल वलीको रिसोर्ट, काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुीम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, पूर्व मन्त्री हिराचन्द्र केसीको घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ । त्यस्तै एमाले,काँग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरिएको छ ।
त्यस्तै घोराहीमा घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ, जिल्ला समन्वय समिति, नेपाल बार एसोसीयसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।



लाइभदाङ । २४ भाद्र २०८२, मंगलवार २३:१३ बजे