
दाङ, ०९ असोज ।
दाङको शान्तिनगर गाउँपालिकामा पर्ने बौलाह खोलामा तीन बर्षदेखि ठेक्का खुलेको छैन । शान्तिनगर ५ को दाङ–सुर्खेत सडकखण्डदेखि उत्तरतर्फ ठेक्का नखुलेपनि चोरी निकासी भने भइरहेको स्थानीयको गुनासो छ ।
रातिमा ढुंगा, गिट्टीहरु चोरी निकासी भइरहदा स्थानीय दुई वटा नहरमा समस्या पु¥याउन सक्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गर्ने गरेका छन् । जहाँ झुण्डी पिपली नहर र कुवा गनारी नहर पर्दछन् । त्यहाँ खोलामा अहिले ठूला–ठूला खाल्डा समेत बनेको स्थानीयको गुनासो छ ।
चार वर्षदेखि खोला नखुलेको कुरा शान्तिनगर ५ का वडाध्यक्ष ओपेन्द्र बहादुर रावतले समेत स्वीकार गरे । उद्यपी चोरी भएको विषयमा भने आफूलाई केही जानकारी नभएको समेत उनको भनाई छ ।“हामीले देख्ने बेला चोरी हुने कुरा भएन, रातिमा भएको हुन सक्छ, अलिअलि ढुंगाहरु लिएको त देखिन्छ”,उनले भने“ कहिलेकाँही केही काम परेको बेला पनि निकालिएको हुन सक्छ ।”
उद्यपी त्यहाँ संरक्षण गर्ने निकायहरुले नजरअन्दाज गर्दा चोरी भइरहेको स्थानीयहरुको भनाई छ ।



लाइभदाङ । ९ आश्विन २०८३, शुक्रबार २०:५६ बजे