दाङको विकट‘गंगटे’मा प्रहरी इकाइ

देउखुरी, ७ साउन ।
दाङको विटक क्षेत्रका रुपमा रहेको गंगटेमा प्रहरी इकाइ भवन निर्माण हुने भएको छ । बबई गाउँपालिका वडा नं.१ मा पर्ने गंगटेमा यस अघि प्रहरीको पहुँच थिएन ।

अपराध तथा सुरक्षासंग सम्बन्धित काम गर्नकालागि गंगटेबाट हापुरे नै पुग्नु पर्थ्यो ।“केही घटना, दुर्घटना भयो, वा केही अपराध भए हामी हापुरे नै पुग्नु पर्थ्यो”,स्थानीय गम्बर रोकाले भन्नुभयो“तर, अब त्यो अबस्था अन्त्य हुने हाम्रो अपेक्षा छ ।”

गंगटेमा प्रहरी इकाइ निर्माणकालागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रहरी इकाई निर्माणकालागि २५ लाख रुपैँया छुट्याएको अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो ।


“गंगंटेमा प्रहरी इकाइ नहुँदा सुरक्षा दिन समस्या हुने गरको छ”,उहाँले भन्नुभयो“यसलाई रोक्न सोही स्थानमै प्रहरी इकाई निर्माणको पहल अगाडी बढाएका हौं ।”

गंगटेबाट हापुरे पुग्न बर्षादको समयमा निकै समस्या हुनेगर्छ । सडकको अबस्था दयनिय भएकाले पनि निकै समस्या हुने गर्छ । त्यो सडककालागि पनि प्रदेश सरकारले स्तरोन्नतीकालागि बजेटको ब्यबस्थापन गरेको छ ।“म मन्त्री भएपछिको पहिलो कार्यक्रम गंगटेमा गरेको थिएँ”,उहाँले भन्नुभयो“आफू सोही क्षेत्रको भएकाले त्यहाँको विकासमा मैले निकै चासोका साथ हेरेको छु ।” गंगटे पुग्ने सबै खोलामा पुलकालागि समेत बजेट विनियोजन गरेको बताउनुभयो ।