बबईको बजेट ५० करोड ६५ लाख

देवी भण्डारी
हापुरे,११ असार ।

पश्चिम दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागी ५० करोड ६५ लाख रुपैया बढीको बजेट ल्याएको छ । बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले आगामी आर्थिक वर्षका लागी ५० करोड ६५ लाख ४३ हजार रुपैयाको बजेट प्रस्तुत गरेकी हुन ।

गाउँपालिकामा संघीय सरकारमार्फत बित्तिय समानीकरण अनुदान ११ करोड ५१ लख, राजस्व बाँडफाडबाट रु. १० करोड २२ लाख ३६ हजार, वन रोयल्टी रु. ५ लाख, शसर्त अनुदान १८ करोड ४६ लाख र बिशेष अनुदान १ करोड प्रस्तुत गरेकी थिइन ।


त्यसै गरि प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान ६२ लाख ५१ हजार प्रदेश राजस्व बाँडफाडबाट ५८ लाख ५६ हजार, बिशेष अनुदान रु. ६० लाख, प्रदेश सर्शत अनुदान ८० लाख र समपुरक अनुदान रु. १ करोड ५० लाख त्यस्तै आन्तरकि आय तर्फ २ करोड, रजिस्टेशन शुल्क २० लाख र चालु आर्थिक वर्षको वचत ३ करोड गरि आगामी आर्थिक वर्षका लागी ५० करोड ६५ लाख ४३ हजार रुपैयाको बजेट ल्याईएको छ ।

बबई गाउँपालिकाको ११ औं गाउँ सभाले बबई गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरुका लागी स्थानिय सञ्चीत कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको ऐन समेत पास गरेको छ । गाउँ सभाले उपाध्यक्ष खड्काको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ ।