रोपाइँ बेला मल अभाव, ढिलो आपूर्तिले किसान मारमा

दाङ, २३ भदौ ।
असारको झरीमा खेतमा धान रोप्ने क्रममा किसानको ढाड भिज्यो, शरीर पसिनाले भिज्यो, तर खेतमा हाल्ने रासायनिक मल भने भेटिएन । किसानले बजारबाट महँगो मुल्य तिरेर मल किन्नुप¥यो, जब रोपाइँ सकियो, खेतमा हरियो धान उम्रन थाल्यो, बल्ल रासायनिक मल प्रसस्त मात्रामा  भित्रिन थालेको छ । तुलसीपुर १०का किसान धनबिर खत्रीले भन्छन् “चाहिने वेला मल किलोको हिसावमा पाईने अहिलले धान काट्ने बेला प्रशस्त मल पाएर के गर्ने ?”

नेपालमा रासायनिक मल आपूर्ति गर्ने जिम्मा मुख्यतया कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा छ । दुवै संस्थाले यस वर्ष पनि लाखौँ टन मल आयात गरे । तर, प्रक्रिया लामो भएको कारण समयमा नै माग अनुसार मल पु¥याउन नसकेको बताउँछन् ।

असारमा रोपाइँ हुँदा अभाव हुन्छ, भदौ–असोजमा मात्र बजारमा सहज आपूर्ति हुन्छ । नेपालमा वार्षिक १३ लाख टन मल आवश्यक पर्छ । तर, सरकारले बजेट सीमित भएकै कारण यस वर्ष ५ लाख टनसम्म मात्र मल खरिद गरेको जनाएको छ ।


माग र आपूर्तिबीचको ठूलो खाडलले किसानलाई वर्षेनि निराश बनाएको हो । घोराही उपमहानगर–पालिका १० लम्डरुवाका  अनिल अधिकारीले भन्छन् “धान रोप्ने बेला मल खोज्दा कतै भेटिएन । कालोबजारीमा पाइए पनि महँगो, तिर्न सक्ने हालत थिएन। अहिले बजारमा मल भित्रियो भनिन्छ, तर धान त पहिल्यै उम्रिसक्यो। अब आइपुगेको मलको के अर्थ?” यस्ता गुनासाहरु दाङका मात्र होइन तराईदेखि हिमालसम्म सबै ठाउँका किसानहरूलाई मल आपूर्तिको ढिलाइले हरेक वर्ष मारमा पारिरहेको छ। जबसम्म नीतिगत अवरोध हट्दैन, तबसम्म किसानले असारमा रोपाइँ मलबिना गर्ने र भदौमा भित्रिएको मललाई भण्डारणमा राख्ने विडम्बना दोहोरिरहने छ ।

मलको ढिलो आपूर्तिले किसानको श्रम र उत्पादन दुवै प्रभावित हुन्छ । सरकार, कम्पनी र नीतिनिर्माताको प्राथमिकतामा किसानको जीवन र पसिना भन्दा पनि प्रक्रिया र कागजी काम अगाडि देखिन्छ । कृषि उत्पादन बढाउने कुरा नीतिमा बारम्बार दोहोरिन्छ, तर मलजस्तो आधारभूत आवश्यकता समयमै पु¥याउन नसक्ने व्यवस्थापनकै कारण किसान निराश छन् ।