पदमको निधनप्रति मन्त्री मास्कीद्वारा दुःख ब्यक्त

दाङ, ३२ जेठ ।
दाङ बबई गाउँपालिकाका निवर्तमान कार्यपालिका सदस्य तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य पदम न्यौपानेको निधन प्रति लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले दुःख ब्यक्त गरेका छन् । दलित मुक्ति मोर्चा दाङका संस्थापक बबई गाउँपालिका-५,बगरपुर निवासी मानबहादुर रसाइली (पदम) को आज ३२ जेठ २०८० को दिन ६७ बर्षमा भएको हो । नेपालको परिबर्तनको निम्ति पदमले खेलेको भूमिका अतुलनिय रहेको भन्दै उनले निधनले समाजलाई ठूलो क्षति पुर्‍याएको बताए ।
साथै मन्त्री मास्कीले मृतक पदमप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदन प्रकट गरेका छन् ।