
मिति २०८२ भदौ १६ गते ।
मेष : आज भावनात्मक संवेदनशीलता बढ्नेछ। व्यापार वा नोकरीमा केही ढिलाइ हुन सक्छ। खर्च बढ्ने योग छ। विदेश वा धार्मिक यात्राको योजना बन्ने सम्भावना छ।
वृष : साझेदारी र मित्रतामा सहयोग पाउने दिन हो। आम्दानी बढ्ने संभावना छ। लगानी गर्दा विवेक अपनाउनुहोस्।
मिथुन :कामकाजमा व्यस्तता बढ्नेछ। जिम्मेवारी थपिन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
कर्कट : पढाइ-लेखाइ र अध्ययनमा प्रगति हुने समय छ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। सन्तान पक्षबाट सुख मिल्ने संकेत छ।
सिंह : पारिवारिक र घरायसी खर्च बढ्नेछ। रियल स्टेट वा सम्पत्तिसम्बन्धी काममा ध्यान दिनुहोस्। पारिवारिक आत्मियता बढ्नेछ।
कन्या : भाईबहिनी वा नजिकका साथीबाट सहयोग मिल्नेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। सञ्चार र यात्रामा व्यस्तता रहनेछ।
तुला : आर्थिक पक्षमा सुधार आउनेछ। खानेकुरा र विलासी वस्तुमा खर्च बढ्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
वृश्चिक : चन्द्रमा लाभकारी भावमा भएकाले आत्मविश्वास बढ्नेछ। नयाँ कार्य वा योजना सफल हुने सम्भावना छ। तर भावनामा निर्णय नगर्नुहोस्।
धनु : मानसिक तनाव बढ्न सक्छ। पारिवारिक विवाद वा आन्तरिक असमञ्जस आउन सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोस्।
मकर : मित्रता र नेटवर्किङ बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइ प्रतिष्ठा बढाउने अवसर मिल्नेछ। नयाँ अवसर पाउने सम्भावना छ।
कुम्भ : पेशागत जीवनमा प्रगति हुनेछ। मान(सम्मान प्राप्त हुन सक्छ। तर हतारमा ठूलो निर्णय नगर्नुहोस्।
मीन : धार्मिक वा आध्यात्मिक भाव बढ्नेछ। भाग्यले साथ दिनेछ। अध्ययन वा विदेश यात्राको अवसर मिल्ने सम्भावना छ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । १६ भाद्र २०८२, सोमबार ०९:३१ बजे