गुरुकुल एकेडेमिमा कल्चरल ड्रेस कार्यक्रम सम्पन्न

घोराही, १५ दाङ
घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो ।

कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थिहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिय भने विभिन्न उत्कृष्ट विधामा विद्यार्थिहरुलाई पुरस्कृत गरीएको थियो ।


जसमा बेस्ट ड्रेसमा सो कक्षा ३ कि सो चौधरी बिजेता भएकि थिइन भने बेस्ट वाकमा कक्षा ५ कि सनाया गिरी, बेस्ट कन्फिडेन्टमा कक्षा ४ कि प्रज्ञा दाहाल, स्टाइलिस किडमा कक्षा ५ कि प्राप्ति रोका , क्युटेस्ट किडमा वजस पौडेल र वेस्ट पर्फमेन्समा कक्षा ५ बाट अलिस बिएम बिजेता बनेका थिए ।

कल्चरल ड्रेस प्रतियोगिता कार्यक्रमको निर्णायकमा गुरुकुल एकेडेमी कि मन्टेस्वरी संयोजक लोचना पौडेल र इसिए संयोजक विशालमान श्रेष्ठ रहनुभएको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा मन्टेस्वरी सह संयोजक मंजरी पुन रहनुभएको थियो ।