
तुलसीपुर, १६ असोज ।
स्वस्तिक एयरबसले ल्याएको दशै अफर अनुसार रोल्पाको खुग्री २ निवासी नेत्र बहादुर सिंह ठकुरीले छुट पाएका छन् । बसले दशैको अवसरमा छुट प्रदान गरेको छ ।
गाडीमा २१ जना भन्दा धेरै यात्रु भएमा एक सय प्रतिशत, ११ देखि २० जना यात्रु भएमा ७५ प्रतिशत र १ देखि १० सम्म यात्रु भएमा ५० प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ । सोही अनुरुप शुक्रबार १० जना यात्रु थिए । १० जनामा रोल्पाका नेत्रले ५० प्रतिशत छुट पाएका थिए । उनले नियमित भाडामा एक हजार रुपैँया छुट पाएका थिए ।
गोलाप्रथाबाट उनी छुट पाउनेमा छनौट भएका हुन् । स्वस्तिकले दैनिक दिवा सेवामा दाङ-काठमाडौ तथा काठमाडौं यात्रा गर्दा छुटको अफर ल्याएको छ । एक हजार पाँचसय भन्दा बढिको टिकेट काटेकाहरुलाई यसरी छुट योजनामा समावेश गर्ने गरेको छ ।



लाइभदाङ । १६ आश्विन २०८३, शुक्रबार १३:०६ बजे