
दाङ, १६ असोज।
२०७० सालको निर्वाचनमा एमालेका प्रभाबशाली नेता शंकर पोखरेललाई हराएपछि चर्चामा थिए– बुद्धिराम भण्डारी । तर, उनले त्यो चर्चा लामो समय टिक्न पाएन । २०७४ सालमा दाङ–३(ख) मा दिवंगत उत्तरकुमार वलीसंग प्रदेशसभाको निर्वाचन हारेपछि गुमनाम थिए ।
त्यो चुनाब हारेपछि गुमनाम जस्तै बनेका भण्डारी काँग्रेसको १५ औं महाधिवेशनमा जुनियर नेताहरुसंगै हार ब्यहोरे । खुल्लाबाट १० जना महाधिवेशन चयन हुनुपर्ने थियो । ९ सय मत गणना गर्दासम्म उनी १० नम्बर मै थिए ।
तर, जब एक हजार मत गणना सुरु भयो, त्यसपछि भण्डारी तल परे । उनी ११ औं नम्बरमा परे । खुल्लाबाट सुरेश हमाल, शंकरप्रसाद डाँगी, जगतबहादुर खड्का, जितबहादुर केसी, प्रमोद बस्नेत, जनकप्रसाद खराल, टेकन प्रसाद बस्नेत (हिमाल), गोविन्दबहादुर शाह (शम्भु), अनिलकुमार कार्की, सुबोधकुमार डाँगी निर्वाचित भएका छन् ।



लाइभदाङ । १६ आश्विन २०८३, शुक्रबार ०९:४७ बजे