राेल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा १८ पुस ।

    अटो रिक्सा दुर्घटना हुदा रोल्पामा एक जनाको मृत्यु भएको छ।


रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङतर्फ आउदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुदा चालक रुन्टीगढी गाउँपालिका–९ सखीका ३४ वर्षिय खुम रोकाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।

सदरमुकाम लिबाङबाट यात्रु लगेर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले बताएका छन्। अटो सडकबाट करिब २ सय मिटर तल खसेको थियो। विदेशबाट फर्केर केहि दिन अघि मात्रै अटो चलाउन थालेका रोकाले कच्ची सडकमा पहिलो पटक चलाएको बताइएको छ। शवको जिल्ला अस्पताल रेउघामा पोष्टमार्टमका गरिएको छ।