
दाङ, १२ भदौ । दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आउनुभएको छ । उहाँ सिराहबाट सरुवा भएर दाङ आउनुभएको हो ।
अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल ६० औँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३ सालदेखि निजामति सेवामा प्रवेश गर्नुभएको थियो ।



लाइभदाङ । १२ भाद्र २०८२, बिहीबार २२:११ बजे