
तुलसीपुर, २३ साउन । तुलसीपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१२ का ४३ वर्षीय स्कुटर चालक ईश्वरी केसी र तुलसीपुर–११ का ६१ वर्षीया पैदलयात्री सिवा देवकोटा रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार केसीको टाउको र मुखमा गहिरो चोट लागेको छ । यस्तै देवकोटाको टाउको, नाक र मुखमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको छ ।
सितलपुरबाट उरहरीतर्फ जाँदै गरेको रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई तुलसीपुर उपमहानगरपालिका–११, उरहरीचोक नजिक ठक्कर दिएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २४ श्रावण २०८२, शुक्रबार २१:०६ बजे