‘बनलाई आम्दानीको स्रोत बनाउनुपर्छ’

तुलसीपुर, १३ असार । बनबाट आम्दानी लिन सक्नु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा बन समुहका पदाधिकारी तथा उपभोक्तालाई अभिमूखिकरण कार्यक्रमको विहीबार भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै बक्ताहरुले त्यस्तो बताएका हुन् ।

त्यस अवसरमा तुलसीपुुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले बनलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए । उनले बनबाट मनग्य आम्दानी लिन सकिने समेत बताए । साथै सामुदायिक बनबाट तीनै टहले कर उठाउने गरेको भन्दै यो गलत रहेको समेत बताए । उनले एउटै तहमा मात्रै कर बुझाउने गरि नीति बनाउनु पर्ने समेत बताए ।

कार्यक्रममा सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले सामुदायिक बन क्षेत्रको अबस्था सुधार भएको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत केशवराज पार्धेले सामुदायिक वन र पालिका विच समन्वय गरेर वनमा आधारित उद्यमशिलतको विकासका लागि अगाडि बढन सकिने बताए ।

कार्यक्रममा ग्रिन फाउन्डेसन नेपाल दाङका अध्यक्ष बिष्णु बहादुर केसी बनबाट हस्तकलाका सामग्रीहरु उत्पादन गरेर विक्री गर्न सकिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले सिपलाई व्यावहारिक रूपमा कार्यान्वयन गरि उद्यमशिलताको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताए ।


वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

बन पैदावरमा आधारित उद्यमशिलता कार्यक्रम अन्तर्गत सामुदायिक वनका पदाधिकारीलाई सामुदायिक बनका अधिकार तथा कृषि वन उद्यम सम्बन्धि अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सुरु भएको हो ।

कार्यक्रमको सहजीकरण वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गर्नुभएको हो । बिहिबार वडा नंं. १ देखि १२ नम्बर वडाका सामुदायिक बनका पदाधिकारीलाई अभिमुखिकरण गरिएको छ भने शुक्रवार तुलसीपुर उपमहानगरपलिका वडा नम्बर १३ देखि १९ सम्मकालाई अभिमुखिकरण दिने शाखा प्रमुख खड्काले बताईन् ।