
नेपाली कांग्रेसका यूवा नेता एवं महासमिति सदस्य किरणकिशोर घिमिरेसंग पत्रकार अनिल अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा…..
१.स्वागत छ यहाँलाई ?
धन्यवाद
२.सन्चै हुनुहुन्छ, आजभोलि यहाँको व्यस्तता केमा रहेको छ?
आरामै छु ! म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले पार्टीले दिएको जिम्मेवारी निर्वाह गरीरहेको छु । सामाजिक कार्यमा सक्रिय रहँदै आएको छु । घर परीवारको जिम्मेवारी पनि पुरा गरीरहेको छु। विषेशगरी सामाजिक काममा नै मेरो व्यस्तता रहने गरेको छ ।
३. सामाजिक काम गर्दा मनैदेखि कस्तो अनुभूति गर्नु भएको छ ?
सामाजिक कार्यमा सक्रिय रहँदा आत्मसन्तुष्टि मिलेको छ। हरेक सामाजिक कार्यमा सक्रिय रहन पाए हुन्थ्यो भन्ने लागीरहन्छ । समाजमा उदाहरणीय कार्य गर्ने मनमा हुटहुटी लागिरहन्छ।समाजसेवा नै यस्तो कार्य हो जसले स्वर्गीय आनन्द प्रदान गर्दछ।
४.अहिले देशभर नेपाली कांग्रेसको अवस्था कस्तो छ ?
देशभर नेपाली कांग्रेसको अवस्था एकदमै राम्रो छ। कांग्रेसप्रती जनलहर वडेको छ । जनलहर वडेको कारण अहिले कांग्रेस देशको ठूलो पार्टी वन्न सफल भएको छ। स्थानीय, प्रदेश र संघमा पनी कांग्रेस ठूलो दल वनेको छ। कांग्रेसको संगठन सुदृढीकरण अभियानले पनि जनलहर वडेको महसुस मैले गरेको छु। कांग्रेसका भातृसंगठनहरु पनि चलायमान छन जसका कारण जनजनमा कांग्रेस पुगेको छ। समग्रमा भन्नुपर्दा अहिले देशभर नेपाली कांग्रेसको अवस्था एकदमै मजबुत छ ।
५. नेपाली कांग्रेस भित्र हालसालै देखिएको विवादको मुल कुरो के हो ?
हरेक प्रजातान्त्रिक पार्टी भित्र विवाद देखिएकै हुन्छन । सहमति र सहकार्यवाट ति विवाद टुङ्गिन्छन पनि ! निर्वाचित नेतृत्वले पराजित नेतृत्वलाई पेलेर अघि वड्नहुदैन सहमति र सहकार्य वाट विवाद समाधानमा जोड दिनुपर्दछ। नेपाली कांग्रेस वीपी कोइरालाको सिद्धान्तमा चल्नुपर्छ भन्ने मान्यता आम कार्यकर्ताको छ । कार्यकर्ताको भावनालाई मध्यनजर गर्दै अहिलेको विवाद तत्काल समाधान हुन्छ भन्ने कुरामा म विश्वस्त छु।
६. नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार सफल मान्नुहुन्छ कि असफल ?
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारलाई सफल नै मान्नुपर्छ। सधै अस्थीर रहने सरकारल अहिले स्थीर भएको छ। देशको आर्थिक वृद्धिदर वडेर गएको छ । सुसासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको छ। केही झिनामसिना काममा विवाद देखिएपनि समग्रमा सरकारले गति लिइरहेको मैले बुझेको छु।
दिर्घकालिन योजना सहित अहिलेको सरकार अघि बढेको छ।
७.अहिलेको गठबन्धनको सरकारले जनतालाई डेलीभरी दिन नसकेको साचों हो नी ?
अहिलेको गठबन्धनको सरकारले जनचाहना अनुसारको काम गर्ने लक्ष्य सहित अघि बढेको छ । प्रतिपक्षको विरोधका कारण पनि सहजरुपमा जनतालाई डेलीभरी दिन सरकारलाई केही हदसम्म अप्ठ्यारो परेको साचो हो। जनचाहना अनुसारको काम गर्ने सरकारको योजना हुँदाहुँदै पनि केही प्राविधिक कारणले जनताको सेवामा सरकार चुकेको मेरो वुझाई हो तरपनि अहिलेको गठबन्धनको सरकारले जनतालाई सहजरुपमा डेलीभरी दिन्छ भन्ने कुरामा म विश्वस्त छु।
८. नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै हुन्छ भन्ने कुरामा तपाईं कति विश्वस्त हुनुहुन्छ ?
नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै हुनुपर्छ भन्ने विषयमा म विश्वस्त छु। आम कार्यकर्ताको भावना पनि त्यही छ। क्रियाशील सदस्यता नविकरणको कामपनि लगभग लगभग सकिएको छ । कुनै प्रकारको व्यवधान पार्टी भित्र नआएमा १५ औं महाधिवेशन निर्धारित समयमा संम्पन्न हुन्छ।
९. कांग्रेस प्रती जनलहर घट्दो छ भन्ने कार्यकर्ताको आरोपलाई तपाईं के भन्नुहुन्छ?
३ यस आरोपमा कुनै सत्यता छैन। यो भ्रम फैलाउने कुरा मात्र हो । कांग्रेस प्रति जनताको आसा र भरोसा छ त्यसैले त जनताले कांग्रेस लाई देशको सवैभन्दा ठूलो दल बनाएका हुन । स्थानीयतह, प्रदेश र संघमा कांग्रेस ठुलो दल वनेको आम कार्यकर्तामाझ सर्वविदितै छ।
१०.नेपाली कांग्रेसका कार्यकर्ताहरुले गुट विनाको कांग्रेस खोजेका छन के त्यो संभव छ ?
प्रजातान्त्रिक पार्टीभित्र गुटबन्दी हुन्छन नै ,नेतृत्वतहमा आफ्ना कुरा राख्न पनि गुट, उपगुट तयार भएका हुन्छन। महाधिवेशनमा आफ्नो पक्षमा बहुमत प्राप्त गर्न पनि गुटवन्दी हुदै आएको छ। आम कार्यकर्ताको आवाज पार्टी भित्र पुर्याउने उद्देश्यले पनी गुट तयार गरीएको हामीले देख्दै आएका छौं । आम कार्यकर्ताहरुले गुट विनाको कांग्रेस खोज्नु जायज हो तर गुटबन्दीकै कारण देश र जनतालाई हानी पुग्ने काम गर्न हुँदैन भन्ने कुरामा नेतृत्व तह सचेत रहनुपर्छ।
११. तपाईं दाङवासी पनि हुनुहुन्छ, नेपाली कांग्रेस दाङका गतिविधि लाई कसरी नियालीरहनु भएको छ ?
३ नेपाली कांग्रेस दाङका गतिविधि राम्रो छ । दाङ कांग्रेसको संगठन वलीयो छ। दाङ जिल्ला भित्र रहेका १० ओटा स्थानीयतहमा कांग्रेसकै बोलवाला छ । वडा देखि जिल्ला तहसम्मका नेता कार्यकर्ताले मन,वचन र कर्मले आफ्नो जिम्मेवारी पुरा गरीरहेको मैले देखेको छु। २०८४ को निर्वाचनमा दाङ जिल्ला कांग्रेसमय वन्ने कुरामा म विश्वस्त छु। केही झिनामसिना कुरा वाहेक दाङ कांग्रेसको गतिविधि राम्रो भएको मैले महसुस गरेको छु।
१२.शूभेच्छुक लाई केही भन्नु छ ?
महामानव विशेश्वरप्रसाद कोइरालाको नेतृत्वमा जन्मेको नेपाली कांग्रेस पार्टीको मुलमन्त्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अनुसरण गर्दै देशविकासमा लाग्न सवै हातेमालो गर्दै अघि वडौ । सहमति, सहकार्य र एकता लाई पच्छ्याउँदै अघि वड्यौ भने अवस्य हामी हाम्रो गन्तव्यमा पुग्न सफल हुनेछौ । अव हातेमालो गर्दै कांग्रेस वनाउने अभियानमा लाग्न म सवै सूभभेच्छुक साथीहरुलाई हार्दिक अनुरोध गर्दछु।
१३. अन्त्यमा
समसामयिक विषयमा मलाई मेरा कुराहरु राख्ने सु-अवसर प्रदान गर्नुभएकोमा तपाईं लगायत यस लोकप्रिय संचारमाध्यमलाई विषेश धन्यवाद दिन चाहन्छु।



लाइभदाङ । १६ श्रावण २०८२, बिहीबार ०७:१८ बजे