
दाङ शान्तितगर गाउँपालिका वडा नं. २ ले स्थानीय विद्यालयलाई हेर्ने दृष्टिकोणका विषयमा अहिले चर्चाको विषय छ । वडाले विद्यालयलाई बजेट माग्दा होस्, वा बजेट कार्यान्वयन पछि भुक्तानी माग्दा पनि सिफारिश नदिने गरेको भन्दै विद्यालयले गुनासो गरेको छ । वडाले पनि विद्यालयलाई दोषी देखाउँदै सिफारिश नदिएको कुरा स्वीकार गर्छ । यसले वडा कार्यालयको मनमौजी प्रष्ट देखिन्छ ।
वडा सरकार भनेको त्यहाँको अभिभावक हो, भने विद्यालय उसको सन्तान हो । त्यही सन्तानलाई निमोठ्ने गरि जसरी अहिले गतिबिधि भइरहेका छन्, त्यसले सन्तानको बृद्धिमा असर गर्छ । विद्यालय वा त्यहाँका विद्यालय ब्यबस्थापन समिति, वा प्रधानाध्यापक नै दोषी रहेछन्, भने पनि वार्ता, छलफलबाट टुंगोमा पु¥याउने भूमिका पनि वडा सरकारकै हो । वडा भित्र जहाँ समस्या देखिन्छन्, त्यो समाधान गर्ने दायित्व वडा सरकारकै रहन्छ । उद्यपी विद्यालयलाई दोषी देखाएर वडा सरकार पन्छिन पाउँदैन । वार्ता र छलफलविना वा प्रमाणविना कसैलाई दोषी देखाईहाल्ने कुराले पनि न्याय गर्दैन् । यदि राजनीतिक प्रतिशोध वा ब्यक्तीगत ‘इगो’ नै भएपनि त्यो इगो कुनै संस्थाप्रति देखाउने कार्य न्यायोचित होईन् । पटक–पटक विद्यालयले त्यहाँको संरचना विस्तार होस्, वा अन्य कार्यक्रम सञ्चालनकालागि सिफारिश माग गरेको दावी गरिररहेको छ । यदि त्यसरी पटक–पटक सिफारिश मागिरहने तर, कुनै कारणविना सिफारिश नदिने कुराले संस्थागत भन्दा बढि ब्यक्तीगत इगोलाई देखाउछ । यसले न त संस्थाको उन्नती हुन्छ, नत सकारात्मक सन्देश नै जान्छ ।
यी प्रतिनिधि घटनाहरु मात्रै हुन् । जनप्रतिनिधिमा यस्ता दम्भहरु यो वा त्यो बाहानामा सबै क्षेत्रमा देखिन्छन् । यसले जनप्रतिनिधिहरुप्रति पनि वितृष्ण पैदा हुन्छ । यस्ता कार्यले गलत नजिर पनि स्थापित गर्छ, यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २४ मंसिर २०८१, सोमबार १७:५७ बजे